सिद्धार्थ क्याम्पस बुङ्चीको प्रमुखमा बेदराम अर्याल चयन

कपिलवस्तु । कपिलवस्तुको स्नातकोत्तर तहसम्म अध्ययन हुने सिद्धार्थ क्याम्पसको क्याम्पस प्रमुखमा बेदराम अर्याल चयन हुनुभएको छ । सिद्धार्थ क्याम्पस सन्चालक समितिले अर्याललाई नयाँ क्याम्पस प्रमुखको रुपमा चयन गरेको हो ।

तत्कालिन क्याम्पस प्रमुख बालाराम ज्ञवाली सेवाबाट अवकाश भए पछि खेमराज शर्मा क्याम्पस प्रमुखको रुपमा नियुक्त हुनुभएको थियो । आफ्नो कार्यकाल कुशलतापूर्वक सकाएर शर्माले क्याम्पस प्रमुखको जिम्मेवारी अर्याललाई हस्तान्तरण गर्नुभएको हो ।

क्याम्पस प्रमुखको रुपमा जिम्मेवारी वहन नगरे पनि शर्मा प्रध्यापकको रुपमा भने क्याम्पसमा कार्यरत रहने जनाइएको छ । शर्मा क्याम्पस प्रमुख हुँदा सहायक क्याम्पस प्रमुखको भूमिकामा अर्याल रहनुभएको थियो ।

शर्मा के कति कारणले प्रमुखको जिम्मेवारीबाट मुक्त हुनुभएको हो एकिन जानकारी आएको छैन् । यद्यपि पूर्व सहमति अनुसार शर्माले अर्याललाई क्याम्पस प्रमुख छाडेको जनाइएको छ । शिक्षा, व्यवस्थापन र मानविकी संकायमा अध्ययन हुँदै आएको सिद्धार्थ क्याम्पस जिल्लाकै महत्वपूर्ण क्याम्पस हो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation