
रौतहट । रौतहटको वृन्दावन नगरपालिकाका महिला जनप्रतिनिधिहरुको ४ दिने प्रशिक्षण तालिम आज हिमालयन होटेल चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । माण्डवी सँस्थाको आयोजानामा तथा IFES को प्राविधिक सहयोगमा सँचालित शी लिडस् परियोजना अन्तर्गत वृन्दावन नगरपालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुको राजनितिक क्षमतामा विकासका लागि चौथो मोडयूलको ४ दिने प्रशिक्षण तालिम कार्यक्रम आज सम्पन्न भएको हो ।
माण्डवी सँस्थाले विगत वर्ष देखि निर्वाचित महिलाहरुको क्षमता विकास सम्बन्धि विभिन्न मोडयूलका प्रशिक्षणहरु दिदै आईरहेको छ । चौथो मोडयूलको प्रशिक्षण कार्यक्रम वृन्दावनका १७ जना निर्वाचित महिला जनप्रतिनिधिहरुले सहभागिता जनाएकी थिईन । सो प्रशिक्षण कार्यक्रम आफ्नो व्यक्तिगत उत्थानशीलता,बजेट निर्माण प्रकृया ,योजना तर्जुमाका प्रकृयाहरु,वार्ताका अवस्थाहरु तथा वार्ताका तरिकाहरु लगायत पैरवीका अवस्था तथा पैरवीका तरिकाहरुका बारे जानकारी र शक्ति सम्बन्धि जानकारी तथा प्रशिक्षण समेत गरिएको माण्डवीका अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।
सो प्रशिक्षण कार्यक्रमबाट आफुहरुले सिकेका ज्ञानहरुलाई व्यवहारमा लागु गरी आफ्ना वडा, टोल र वस्तिको विकास गर्ने सहभागिहरुले जानकारी गराए । प्रशिक्षण कार्यक्रम चैत्र ०१ गते देखि ०४ गते सम्म चलेको थियो । सो प्रशिक्षण कार्यक्रममा सहभागीहरुको उत्साह जनक उपस्थिती रहेको प्रशीक्षकद्धय पुनम ठाकुर तथा सँजय कुमार यादवले जानकारी गराए । सो प्रशिक्षण कार्यक्रममा माण्डवीका सुरेन्द्र राय यादव तथा ममता सिँहको समेत उपस्थिति रहेको थियो ।