
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकामा मुख्य मन्त्री शैक्षिक सुधार कार्यक्रम अन्तरगत आठ दिवसीय आई . सि . टि . तालिम सुरु भएको छ । छत्रकोट गाउँपालिकाको आयोजनामा पालिकाको सभाहलमा संचालित तालिममा गाउँ पालिकाभित्रका सामुदायिक विद्यालयका ३७ जना आइ . टि . स्रोत शिक्षकहरुको सहभागीता रहेको छ । विद्यालयलाई प्रविधी मैत्री बनाई आधुनिक प्रविधि युक्त्त शिक्षण सिकाई कृयाकलाप सन्चालन गर्ने उद्देश्यका साथ तालीम संचालन गरिएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख टिकाराम आचार्यले बताउनु भएको छ ।
छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा शिक्षा शाखाका कर्मचारी बिनोद न्यौपानेको स्वागत मन्तव्य रहेको थियोे । सो अवसरमा प्रशिक्षक कृष्ण खनालले तालीमको उद्देश्य माथी प्रकाश पार्नुभएको थियोे । शिक्षा समिती सदस्य पदमपाणी न्यौपाने , सामाजिक विकास समिति सयोजक गुणाकर ज्ञवाली , प्रमुख प्रशासकीय अधिकृत वीर वहादुर पुन लगायतले उक्त अवसरमा शुभकामना मन्तव्य दिनु भएको थियोे ।
कार्यक्रममा बोल्दै प्रशासकीय अधिकृत पुन्ले ईच्छा शक्ति र लगनशीलता भएमा जस्तोसुकै शीप पनि सिक्न सकिने र सिकेको सीप व्यबहारमा लागू भएमा मात्र कार्यक्रमको सार्थकता रहने कुरामा जोड दिनु भएको थियोे । सो अवसरमा उद्घाटन सत्रको समापन गर्दै गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले प्रबिधि मैत्री विद्यालय बनाउन आवश्यक सामाग्री हरु गाउँपालिकाले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षा अधिकृत टिकाराम आचार्य ले गर्नुभएको थियोे । । कालिदास आत्रेय