सामुदायिक बिद्यालयमा कुनै पनि बाहानामा शुल्क लिन पाईन्न : मेयर पौडेल

उपकार अनलाईन, रुपन्देही ।
कपिलवस्तु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक बिदालयमा निःशुल्क शिक्षा लागु गरेको छ । चालु आर्थिक बर्ष २०७९/०८० देखि नै लागु हुने गरी नगरपालिकाले नगरमा रहेको ५२ सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरेको हो ।

चालु आर्थिक बर्ष भित्र नगरले नीति तथा कार्यक्रममा पारित गरी बजेट समेट छुट्टाएर निःशुल्क शिक्षा लागु गरेको हो । नगर पालिकाका मेयर सुदीप पौडेलले चालु आर्थिक बर्ष भित्रनै नगरका सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरिएको बताए । यो कार्यक्रम लागु भएसंगे अब नगर भित्रका कुनै पनि सामुदायिक बिद्यालयले कुनै पनि बाहानामा शुल्क लिन नपाउने उनले बताए । यो कार्यक्रम लागु गर्न सामुदायिक बिद्यालयलाई ८२ लाख ५० हजार अनुदान समेत दिइएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation