राष्ट्रिय स्वतन्त्र पार्टी बाणगङ्गा १ को सभापतिमा शंकर पौडेल

उपकार अनलाइन, बाणगंगा ।

राष्ट्रिय स्वतन्त्र पार्टीको बाणगंगा १ को वार्ड नम्बर १ को सभापतिमा शैक्षिक एबम युवा ब्याक्तित्व शंकर पौडेल सर्वसम्मत चयन भएका छन् ।
यस्तै वडा कार्यसमिति उपसभापतिमा सामाजिक अभियान्ता भगवती शर्मा घिमिरे, सचिबमा युवा अभियान्ता सुरेश घिमिरे क्षेत्री, कोषाध्यक्षमा युवा ब्यवसायी मिनलाल पौडेल (राजु), सह सचिबमा नेपाली सैनिक सेवाबाट सेवा निर्वित्त युवा लाल बहादुर थापा, सदस्यहरुमा क्रमश हेम बहादुर नेपाली, नारायण श्रेष्ठ ,बिष्णु खराल लगायत को वडा समिति निर्वाचित भएको छ।

साथै वडा भेलाले सामाजिक एबम शैक्षिक ब्याक्ति जनार्दन ज्ञवालीको संयोजक मा सल्लाहकार समिति समेत गठन गरेको छ । जसको उप संयोजकमा ब्यबसायी श्याम बहादुर घिमिरे, सचिब देबिलाल पौडेल, सदस्यहरुमा बिस्णु प्रसाद घिमिरे, सुन्दर पहराइ, मदन न्यौपाने , लुकनाथ अर्जेल, लक्ष्मण कुंवर, जंग बहादुर मल्ल रहेका छन् ।

No description available.

वडाका सम्मानित जेष्ठ सदस्य शैक्षिक एबम सामाजिक ब्याक्तित्व जनार्दन ज्ञवालिको अध्यक्षता रहेको कार्यक्रममा अध्यक्षले नै ब्यानर वाचन गरि घण्टी बजाएर उद्धघाटन गर्नुभएको थियो । रास्ट्रीय स्वतन्त्र पार्टी का लुम्बिनी प्रदेस प्रवक्ता कमल पोख्रेल, लुम्बिनी प्रदेश शिक्षा तथा स्वास्थ्य बिभाग प्रमुख रोम बराल, जिल्ला सभापति शिव कुमार सुवेदी , वार्ड नम्बर २ र ५ का वडा सभापति षडानन्द न्यौपाने, धनिस्वर खनाल र सामाजिक ब्याक्तित्व हेमन्त श्रेष्ठ , बिक्रम थापा पुर्व स्ववियू सभापति सुशील खत्री, युवा ब्यबसायी बिस्णु प्रसाद घिमिरे , रमेशचन्द्र भुसाल, श्याम घिमिरे , कृष्ण घिमिरे लगायतको उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा सुरेस घिमिरेले स्वागत मन्तव्य ,जिल्ला सभापति सुवेदिले शुभकामना मन्तव्य , प्रदेस प्रवक्ता पोख्रेलले बधाइ तथा शुभकामना सन्देस संगै नवनिर्वाचित कार्यसमितिलाई जिल्ला सभापति सुवेदीले पद तथा गोपनियताको सपथ गराइ यथास्थितिवादबाट वाक्क भै सुसासन र समृद्धिको लागि युवा नेतृत्व लाई मार्गदर्शन गर्दै परिवर्तनको घण्टी बजाउन आफू समेत स्वतस्फूर्त जागरुक हुनु परेको गहकिलो मन्तव्य सहित सभापति ज्ञवालीले कार्यक्रमको समापन गर्नुभएको थियो।

कार्यक्रमको संचालन नगर सभापति बुद्दी सागर बेल्वासेले गर्नुभएको थियो। यस संगै आज बाणगङ्गा ४ र ८ मा वडा भेला तथा समिति गठन संगै क्रमश अन्य वडा मा पनि तत्काल गठन गर्ने तयारी रहेको जिल्ला सभापति शिवकुमार सुवेदीले जानकारी दिनुभएको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation