
कपिलवस्तु । १६ औं गणतन्त्र दिवस को अबसर पारेर उद्योग ब्यापार संघ , कपिलवस्तु ले कपिलवस्तु को दक्षिणी क्षेत्र मायादेबी गाउँपालिका को पकडी मा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मायादेवी गाउपालिका अध्यक्ष वलिउद्धिन मुसलमान को प्रमुख आतिथ्यता , वार्ड न १ ,५र ८ का वार्ड अध्यक्षहरु को विशिष्ट आतिथ्यता , उद्योग ब्यापार संघ कपिलवस्तु का कोषाध्यक्ष शालिकराम अचार्यको स्वागत मन्तव्य , सचिब शिशिर पोख्रेल को संचालन एवं अध्यक्ष खिमानन्द पौडेल कोपिल को अध्यक्षता मा सम्पन्न कार्यक्रम को सम्योजन उद्योग ब्यापार संघ कपिलवस्तु का सदस्य अब्दुर रहमान मुसलमान ले गर्नु भएका थिए । उद्योग ब्यापार संघ कपिलवस्तु ले चेतनास्तर निकै कम बिकसित भएको मायादेवी जस्तो ठाउमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा संघ को उच्च प्रसंसा गर्दै आगामी दिन मा मानबिय सामाजिक तथा ब्याबसायिक हरेक गतिविधि मा साथ सहयोग र सहकार्य गरिने प्रतिबद्धता वार्ड अध्यक्षहरुले जनाउनु भएका थिए ।
यसैगरी मायादेवी गाउपालिका अध्यक्ष बलिउद्धिन मुसलमान ले पालिका मै पहिलोपटक रक्तदान कार्यक्रम गरेकोमा उद्योग ब्यापार संघ कपिलवस्तु लाई विशेष धन्यवाद दिदै आगामी दिन मा सदैब सहकार्य रहिरहने बचनबद्धता ब्यक्त गर्नु भएका थिए । नयाँ पुस्ता यो परिबर्तन आजको ब्याबस्था र त्यसको लागि गरियको बलिदान को बिषयमा अनभिज्ञ रहेको जान्न बुझ्न नचाहने मनोबिज्ञान हाबी हुँदै गैरहेकोले गणतन्त्र को महत्व गरिमा एवं त्यसको लागि गरिएको बलिदानी लाई स्मरण गर्न तथा कपिलवस्तु को दक्षिणी क्षेत्रमा रक्तदान प्रती रहेको नकारात्मक धारणा लाई चिर्न को लागि रक्तदान कार्यक्रम आयोजना गरियको उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल कोपिल ले बताउनु भयो ।
कपिलवस्तु रक्तसंचार केन्द्र तौलिहवा , सेफा सामुदायिक अस्पताल को प्राबिधिक सहयोग , मायादेवी -०१ वार्ड कार्यलय , ycl कपिलवस्तु को विशेष सहयोग मा सम्पन्न कार्यक्रम मा उद्योग ब्यापार संघ , कपिलवस्तु मा आबद्ध पदाधिकारी सदस्य हरु, सामाजिक अभियान्ताहरु , सुरक्षाकर्मी एवं युवाहरुको सहभागिता रहेको थियो । मायादेवी ०१ पकडी स्थित रहेको सेफा सामुदायिक अस्पताल मा सम्पन्न रक्तदान कार्यक्रम मा ३० पोइन्ट रगत सड्ढलन भयेको आयोजक ले जानकारी गरायको छ ।