
रोल्पा । नयाँ गीत “चरी पासैमा” बजारमा आएको छ । दर्जनौ गितको शब्द भरेका मन्जित पहाडीले भर्खरै अर्को नयाँ गित बजारमा लिएका हुन् । केहि गितमा पहाडिले आफ्नो स्वर भरे पनि प्राय उनको शब्द रहेका गितहरू साँङ्गेतिक बजारमा देख्न सकिन्छ । यो गित उनको आफ्नै मन्जित पहाडी अफिसियल युटुब बाट यो गीत बजारमा आएको हो । गायक शक्ति चन्द र गायीका चन्द्रीका रसाइलीको स्वरमा रहेको गीतको लय शब्द मन्जित पहाडिले गरेका छन ।
स्टुडियो मालश्रीमा रेकर्ड भएको गीत लाई गोबिन्द बाजुरालीले रेकर्डिङ र खड्क बाजुरालीले मिक्सिङ गरेका हुन । गीतको म्युजिक एरेन्ज पुर्ण संयोगले गरेका छन ।
निशान बानियाको निर्देशन रहेको यस गितको छायांकन सुरेश श्रेष्ठ गरेका हुन् । सुजन कोइरालाको सम्पादन रहेको गीतलाइ प्रीयाले मेकअप गरेकी छन । भिडियोमा रिना गुरुङ र अल्फाज साहको अभिनय रहेको छ ।