
सागर बेल्बासे, कपिलवस्तु ।
रास्ट्रीय स्वतन्त्र पार्टी कपिलवस्तुको संगठन बिस्तारमा तिब्रता देखिएको छ । शनिवार जिल्लाको शिवराज नगर कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा कपिलवस्तु जिल्ला सभापति शिव कुमार सुवेदी प्रमुख अतिथी हुनुन्थ्यो भने, प्रदेश सदस्य दिपक बेल्बासे ले कार्यक्रम को संचालन गर्नुभएको थियो। निर्वाचन क्षेत्रीय सदस्य मा निर्वाचित क्षेत्र नम्बर १ का हेमन्त कुमार श्रेष्ठ ,बिक्रम थापा, बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे, वार्ड नम्बर ११ का सभापति नारायण खनाल लगायतको उपस्थिति मा शिवराज नगरका सामाजिक एबम अपाङ्ग ब्याक्तित्व खुमराज घिमिरेको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम मा सिवराज नगरवासी विभिन्न क्षेत्र का युवा हरुको उपस्थिति रहेको थियो ।
उक्त नगर भेलाबाट शिवराज नगर समितीको सभापतीमा बालकृष्ण पान्डे , उप –सभापतीमा पुर्णा थापा , सचिब सागर पौडेल , कोषाध्यक्ष शिशिर पौडेल सहितको कार्यसमितिका साथै सल्लाहकार समिती निर्माण सम्पन्न भएको छ।
उता जिल्लाको मायादेवी गाउँपालिकाका १,३ र ५ मा समेत क्रमशः बिजय कुमार शुक्ला, इमरान खान र दिनेश उपाध्यायको नेतृत्व मा वडा सम्पर्क समिति समेत चयन भएको छ। उक्त कार्यक्रममा पनि जिल्ला सभापति शिव कुमार सुवेदी ,क्षेत्रीय निर्वाचित प्रतिनिधि बिक्रम थापा,हेमन्त कुमार श्रेष्ठ ,नवीन कुमार चौधरी,बाणगङ्गा नगर सभापति बुद्दी सागर बेल्बासे,वडा नम्बर ११ का सभापति नारायण खनाल,लुम्बिनी बुद्द बिश्वबिद्धालय का प्राध्यापक संजय पासी लगायत को उपस्थिति मा आजको कार्यक्रम सप्पन्न भएको छ।
रास्ट्रीय स्वतन्त्र पार्टी अब यहि जगलाई टेकेर गाउँ ,गाउँ टोल ,टोल सम्म संगठन बिस्तार मा अघि बढ्ने साझा अभियान लिएको जिल्ला सभापति सुवेदीले जनाउनु भएको छ।