थाकलवाट हस्तकलाका सामाग्री बनाउने तालिम सम्पन्न

प्युठान । माण्डवी गाउँपालिका प्युठानले सञ्चालन गरेको थाकलबाट विभिन्न हस्तकलाका सामाग्रीहरु बनाउने सम्वन्धि ३०दिने सिपमुलक तालिमको सम्पन्न भएको छ ।समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नमराज अधिकारीले तालिम बाट प्राप्त ज्ञान सदुपयोग गरि व्यावसायिक सफलता हुनुपर्ने बताउनु भयो ।

यस्तै उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले स्थानीय स्तरमै बजारीकरणको सम्भावना रहेको बताउँदै तालिमको व्यवहारिक कार्यान्वयन गरिए आर्थिक समृद्धिको आधार बन्ने धारणा व्यक्त गर्नु भयो। प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,वडा न.४ का अध्यक्ष डिल बहादुर घर्ती,स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेल,युबराज गैरेले सफलताको मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन फुर्स बहादुर नेपालीले गर्नु भएको थियो।

तालीम अवधि भर प्रशिक्षक प्रीया थापाले प्रशिक्षण गर्नु भएको थियो । महिलाहरुको लागि प्राकृतिक रेशाजन्य बनस्पति थाकलबाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन गर्ने (थाकलको टाेपी र झोला बनाउने सम्बन्धि )दिइएको थियो । देबिस्थान सभाहलमा भएको तालिममा सहभागीहरुको माग र आवश्यतालाइ लागि १० समय थप गरि ४० दिन सञ्चालन गरिएको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation