जिल्ला स्तरिय न्यायिक समन्वय सञ्जाल अर्घाखाँचीको अध्यक्षमा गिता भाट

उपकार अनलाईन, रुपन्देही ।
शितगंगा नगरपालिकाका उपमेयर गिता भाट क्षेत्रीको अध्यक्षतामा जिल्ला स्तरिय न्यायिक सञ्जाल गठन भएको छ । शितगंगा नगरपालिकामा भएको अर्घाखाँची जिल्ला प्रथम न्यायिक सम्मेलनले भाटको अध्यक्षतामा न्यायिक समन्वय सञ्जाल गठन गरेको हो ।
जिल्ला स्तरिय न्यायिक सञ्जालमा १३ सदस्य रहेका छन् । जसको सदस्य सचिवमा केशवप्रसाद बेल्बासे तथा सदस्यहरुमा जिल्लाका सम्पुर्ण स्थानिय तहका उपप्रमुख तथा बिभिन्न न्यायिक सदस्यहरु रहने गरि सञ्जाल गठन गरिएको हो ।

अर्घाखाँचीको शितगंगा नगरपालिकामा बुधवार जिल्ला प्रथम न्यायिक सम्मेलन सम्पन्न गरिएको हो । न्यायिक सम्मेलनमा ६ वटै स्थानियतहका उपप्रमुख तथा उपाध्यक्ष संघ सांसद बिजुला रायमाझी, प्रदेश सभा सदस्य रामजी घिमिरे पुर्व प्रदेशसभा सदस्य निमर्ला क्षेत्री, जिल्ला समन्वयका समितिका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला अदालत अर्घाखाँचीका श्रेस्तेदार, जिल्ला सुरक्षा निकायका प्रमुखहरु, शितगंगा नगरपालिकाका कार्यपालिका सदस्यहरु, पुर्वमेयर, उपमेयर लगायतको उपस्थिती रहेको थियो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation