शितगंगाको शैक्षिक गुणस्तर वर्षेनि खस्किदै, के भन्छ सम्बन्धित निकाय ?

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिकाको शैक्षिक गुणस्तर वर्षेनि खस्किरहेको छ । माध्यमिक शिक्षा परिक्षा (एसईई) २०७९ सालको नतिजा अनुसार नगरको शैक्षिक गुणस्तर ह्वात्तै खस्किएको देख्न सकिन्छ । विगतमा पनि एसईई को नतिजा कमजोर आएको हामिलाई अवगत नै रहेको छ ।

यो वर्ष नगरमा ३.६ देखि ४ जिपिए अर्थात ‘ए–प्लस’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या शुन्य रहेको छ । त्यस्तै ३.२ देखि ३.६ भन्दा कम जिपिए अर्थात ‘ए’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या ३, ‘बी–प्लस’ अर्थता २.८ देखि ३.२ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १२, ‘बी’ अर्थता २.४ देखि २.८ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ५९, ‘सी–प्लस’ अर्थात २.० देखि २.४ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १५१, ‘सी’ अर्थात १.६ देखि २.० भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २३३, ‘डी’ अर्थात १.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ६७ रहेको छ ।

यसैबिच शितगंगा नगरपालिका वडा नम्बर १४ मा दुई वटा माध्यमिक विद्यालय रहेका छन । ति मध्ये प्रभाकार माध्यमिक विद्यालयमा ए–प्लस’, ‘ए’, ‘बी–प्लस’ ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या शुन्य छ । त्यस्तै ‘बी’ अर्थता २.४ देखि २.८ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २, ‘सी–प्लस’ अर्थात २.० देखि २.४ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ९, ‘सी’ अर्थात १.६ देखि २.० भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १५, ‘डी’ अर्थात १.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १२ रहेको छ । जुन विद्यालयमा जम्मा ३८ जना विद्यार्थीहरु रहेका थिए । त्यस्तै पावर माध्यमिक विद्यालयमा ए–प्लस’, ‘ए’, ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या शुन्य छ । त्यस्तै ‘बी–प्लस’ अर्थता २.८ देखि ३.२ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ५, ‘बी’ अर्थात २.४ देखि २.८ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १०, ‘सी–प्लस’ अर्थात २.० देखि २.४ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १८, ‘सी’ अर्थात १.६ देखि २.० भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १९, ‘डी’ अर्थात १.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या १ रहेको छ । जुन विद्यालयमा जम्मा ५३ जना विद्यार्थीहरु रहेका थिए ।

शितगंगा नगरपालिका वडा नम्बर १३ मा रहेको रिकोट माध्यमिक विद्यालयमा ए–प्लस’, ‘ए’, ‘बी–प्लस’, ‘बी’, ग्रेड ल्याउने विद्यार्थीको सङ्ख्या शुन्य छ । ‘सी–प्लस’ अर्थात २.० देखि २.४ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ७, ‘सी’ अर्थात १.६ देखि २.० भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या ५, ‘डी’ अर्थात १.६ भन्दा कम जिपिए ल्याउने विद्यार्थीको सङ्ख्या २ रहेको छ । जुन विद्यालयमा जम्मा १५ जना विद्यार्थीहरु रहेपनि १ जना अनुपस्थित रहेका थिए ।

नगरका अन्य विद्यालयको नतिजा यस्तो छ ।

No description available.

शितगंगा नगरपालिकाकी उपप्रमुख गिता भाटले आफ्नो नगरमा शिक्षाको गुणस्तर खस्किनु दुखद भएको भन्दै नगरमा शिक्षाको क्षेत्रलाई गुणस्तरीय बनाउन शिक्षक, अभिभावक, जनप्रतिनिधि, राजनैतिक दल, विद्यार्थी लगायतका पक्षहरु गम्भिर बन्न आवश्यक देखिएको बताउनुभएको छ । विगतको तुलनामा अहिले विभिन्न सेवा सुविधा थपिदै जाँदापनि शैक्षिक गुणस्तर भने खस्किदै जानु सामान्य कुरा नभएकोले नगरले पनि विभिन्न कार्यक्रम गर्ने प्रतिद्धता व्यक्त गर्नुएको छ ।

त्यस्तै नगरका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बिनोद पोख्रेलले शितगंगाको शैक्षिक गुणस्तर खस्किएको स्विकार गर्दै राम्रो नतिजा प्राप्त गर्नको लागि प्राथमिक तहदेखि नै शिक्षाको गुणस्तर बढाउन आवश्यक रहेको बताउनु भएको छ । विभिन्न कार्यक्रम सञ्चालन गरि अघिल्लो वर्षको तुलनामा यो वर्षको एसईई को नतिजा केहि सुधारात्मक देखिएपनि समग्रमा नतिजा निक्कै कमजोर रहेको उहाँ स्विकार गर्नुहुन्छ । उपयुक्त र आवश्यक शिक्षकको अभाव, शिक्षक आफ्नो जिम्मेवारी प्रति गम्भिर नबन्नु, अभिभावक र स्वयम विद्यार्थी पनि पढाई प्रति गम्भिर नबन्नुले शिक्षामा नगरले प्रगति गर्न नसकेको उहाँको भनाई रहेको छ ।

यसरी शिक्षाको गुणस्तर खस्किदै गएपछि अभिभावकमा आफ्ना छोराछोरीको भविष्य कस्तो हुने हो भन्ने चिन्ता बढेको छ । यसैबिच प्रभाकर माध्यमिक विद्यालयका पुर्व शिक्षक प्रभात किरण सारुले स्थानीय तहाका नेताले शिक्षा क्षेत्रमा चासो नदिदा वर्षेनि शैक्षिक गुणस्तर खस्किरहेको बताउनु भएको छ । विद्यालयका शिक्षक नै नेता बनेर हिड्दा समस्या अझ विकराल बन्दै गएको उहाँको बुझाइ रहेको छ । कुशल शिक्षक, वैज्ञानीक शिक्षण विधि तथा सिकाइ क्रियाकलाप, प्रयाप्त सिकाइ सामाग्री, प्रभावकारी मुल्यांकन लगायताका पक्षलाई ध्यान दिन सके शिक्षाको गुणस्तर बढाउन सकिने उहाँ बताउनुहुन्छ ।

त्यस्तै शितगंगा नगरपालिका वडा नम्बर १४ का स्थानिय युवा बसन्त पौडेलले शितगङ्गाका विद्यालयमा शैक्षिक गुणस्तर खस्किदा भावि सन्ततीको भबिस्य माथी नै असर पर्ने चिन्ता ब्याक्त गर्नुहुन्छ । “आज गुणस्तरीय शिक्षा प्राप्त गर्दै उचित नतिजा ल्याउने विद्यार्थी बाट नै भोलि समाज र समग्र देश बिकासमा महत्त्वपूर्ण टेवा पुग्ने भएकाले अब स्थानीय सरकार देखि केन्द्र सरकार सबैले शिक्षामा विशेष खालका कार्यक्रम सञ्चालन गर्नुपर्छ“ उहाँले भन्नुभयो ।

त्यस्तै शितगंगा  १३ का स्थानीय युवा कुसालदिप क्षेत्रीले नगरमा शिक्षाको स्तर घटेको नभएर शिक्षा उत्थान नै नभएको बताउनु हुन्छ । त्यसको लागि यसको लागि विज्ञ टिम बनाएर आवधिक विस्तृत कार्ययोजना बनाएर गम्भीरता पुर्वक लाग्नुपर्ने उहाँको सुझाव रहेको छ । विद्यालयको भौतिक पूर्वाधार, शिक्षक तालिम, शिक्षक–अभिभावक अन्तरक्रिया , अभिभावक-समुदायमा शिक्षा बारे जनचेतना, पाठ्यक्रममा सुधार, अतिरिक्त क्रियाकलापमा लगानी वृद्धि, प्रधानाध्यापकको भूमिकालाई थप बलियो र जिम्मेवार बनाउँदै पारदर्शितामा जोड दिने लगायताका क्षेत्रलाइ विशेष ख्याल गर्नुपर्ने उहाँको भनाइ रहेको छ ।

नगरमा सामुदायिक १०९ र संस्थागत ६ गरि जम्म ११५ वटा विद्यालय छन भने, ति मध्ये १५ वटा माध्यमिक तहका विद्यालय रहेका छन ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation