बुद्धभूमी ४ मा रास्वपाको संगठन बिस्तार : सभापतिमा पाण्डे

सागगर बेल्बासे, कपिलवस्तु ।
राष्ट्रिय स्वतन्त्र पार्टीको संगठन बिस्तार को शिलशिलामा कपिलवस्तुको बुद्धभूमी नगरपालिका वडा नम्बर ४ मा वडा कमिटी गठन भएको छ । शुशासन र समृद्धिको लागि देशब्यापी रुपमा संगठन बिस्तारलाई तिब्रता दिने क्रममा विहिवार बुद्धभूमी ४ को वडा भेलाले सभापतिमा रोमाखर पाण्डेलाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै उपसभापतिमा अमृता पान्डे, सचिबमा शुनिल शिंह थापा अन्य सदस्य हरुमा क्रमश शिव प्रसाद कंडेल, खिम बहादुर बि क, नुमलाल भुसाल, राजेस खनाल,शोभा परियारलाई निर्वाचित गरेको बुद्धभूमी २ का सल्लाहकार संयोजक कमल भट्टराईले जनाउनुभएको छ। भेलाले अमर राज आचार्यको संयोजकत्वमामा पशुपति खनाल ,ओम प्रकाश न्यौपाने, ठाकुर प्रसाद खनाल,शिव अधिकारी ,भगत नारायण बेल्बासे, टिकारम पोख्रेल ,श्याम लाल पोख्रेल ,चेतनारायण न्यौपाने ,नेत्र प्रसाद पोख्रेल समेतको सल्लाहकार समिति समेत निर्वाचित गरेको छ।

कार्यक्रम मा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का क्षेत्रीय सदस्य माधब पराजुली ,गंगा बस्नेत ,वडा नम्बर १ का सभापति शोभाखर पौडेल लगायतको उपस्थिति रहेको थियो। कार्यक्रम लाई लुम्बिनी प्रदेश प्रवक्ता कमल पोख्रेलले सम्बोधन गर्नुभएको थियो भने सबै पालिका र वडाहरुमा यसरी नै क्रमश संगठन बिस्तार गर्दै अगाडि बढने जिल्ला सभापति शिव कुमार सुवेदिले जानकारी गरानुभयो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation