बुबाको मुख हेर्ने दिन बेल्वासेको ‘सम्झनामा मेरा बा‘

नभक्कानिनु है मेरा कोही आफन्तजन,,,
सबैले ह्याप्पी फादर्श डे भन्दै गर्दा मेरो मनले पनि मानेन र सकि नसकी भक्कानिएरै भएनि पिताका सम्झनामा एउटा रचना. . .
लेखकः बुद्धि सागर बेल्वासे !
कस्तो संयोग मेरा बा,,
६ वर्ष ६ महिना ६ दिनको मलाइ छाडी
मेरा लागि यदाकदा हजुरको अनुहारको सम्झना मात्रै छाडेर महाप्रस्थान गर्नुभएका मेरा बा,,
हजुरका चरणमा सास्टाङ्ग दण्डवत गरि
पिताका शक्तिशाली हात मेरा शिरमा स्पर्श गरि
शुभ आशिर्वाद ग्रहण गर्ने सौभाग्य नमिलेको
हजुरका सन्तान मध्ये म मात्रै अभागी भएपनि
सदा चिर शान्ति आत्मा का साथ बैकुण्ठ को
आधिपत्यता मिलिरहोस भन्ने हरपल प्रारथना संगै,,
श्रदा सुमन र सास्टाङ्ग्त दण्डवत छ मेरा बा,,
मेरो दिब्य जिवनको बिजारोपण गरि
चालीस वर्ष आमालाइ अर्धबैसमै बिधुवा बनाइ
६ वर्ष ६ महिना ६ दिनको बालक मलाइ
कठोर संघर्षले जिवन जिउने चुनौती दिएर
महाप्रस्थान गर्नुभएका मेरा बा,,
आफुले बिजारोपण गरि जन्माएका
आफ्नै ९ सन्तान मध्ये म बाहेकका ८ सन्तानलाइ
समयानुकूल शिक्षा ,संस्कार र कर्मका बाटो मा लगाइदिएर
मानव जीवन,मायाँ प्रेम र पारिवारिक बन्धन
संगै जीवन संघर्स के हो भन्ने कठोर परिक्षा लिन
मेरो जीवन को बिजारोपण गरि
महाप्रस्थान गर्नुभएका मेरा बा,,
आज हजुरको याद गर्ने यो समय सम्म भनु वा
हजुरले मलाइ टुहुरो को उपाधी छाडेर गएको
३४ वर्ष ९ महिना १० औ आजको दिन सम्मका
हरेक चुनौतीपूर्ण कठोर संघर्सका जन्जिरहरु फुकाउदै
सबै परिक्षा पार गरिरहेको छु मेरा बा,,
मेरो जीवनका लागि यदाकदा अनुहार को मात्रै सम्झना छाडी महाप्रस्थान गर्नुभएका मेरा बा ,,
जीवन,प्रेम र संघर्सको बिषयमा प्रयोगात्मक डिग्री हासिल गरि
सोही बिधामै बिधावारिधि को तयारी चलिरहेको छ मेरो बा,,
आशा छ हजुरको आशीर्वाद र यो बिषयको उत्कृष्ट नतिजाले टुहुराको भाग्य कन्ना पछाडि भन्ने र भोग्नेहरु संगै
म र म मा आश्रीत परिवार मात्रै हैन
धेरै का जीवन संघर्ष को कठघरा मा हालेपनी
संघर्ष कै जिजीविषा को सफल नजिर स्थापित गर्ने छ बा,,
६ वर्ष ६ महिना ६ दिनको मलाइ छाडी
मेरा लागि यदाकदा हजुरको अनुहारको सम्झना मात्रै छाडेर महाप्रस्थान गर्नुभएका मेरा बा,,
हजुरका चरणमा सास्टाङ्ग दण्डवत गरि
पिताका शक्तिशाली हात मेरा शिरमा स्पर्श गरि
शुभ आशिर्वाद ग्रहण गर्ने सौभाग्य नमिलेको
हजुरका सन्तान मध्ये म मात्रै अभागी भएपनि
सदा चिर शान्ति आत्मा का साथ बैकुण्ठ को
आधिपत्यता मिलिरहोस भन्ने हरपल प्रारथना संगै,,
श्रदा सुमन र सास्टाङ्ग्त दण्डवत छ मेरा बा !!!

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation