देशमा परिवर्तन ल्याउन महत्त्वपूर्ण भुमिका माओवादिको हो : केन्द्रीय सदस्य खनाल

भगवती न्यौपाने कपिलवस्तु ।

नेकपा माओवादि केन्द्रले संविधान दिवसको अवसरमा बाणागंगा नगरपालिका वडा नम्बर ८ बोड्गाउ चोकमा दिव प्रञ्जलन गरि संविधान दिवस मनाएको छ । वडा नम्बर ८ को आयोजनामा भएको कार्यक्रममा पाटि केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारि)ले संविधान ल्याउन र देशमा राम्रो परिवर्तन ल्याउन सबैभन्दा महत्त्वपूर्ण भुमिका माओवादिको रहेको बताउनु भयो ।

संविधान प्राप्त गर्नका लागि शहिदहरुले गरेको योग्दान प्रति उच्च सम्मान रहेको बतादै नेपाली जनताको दुखखुसमा माओवादि सधै सँगै रहेको बताउनु भयो ।
जन्मिएको संविधान बचाउन माओवादि सधैं लागि पर्ने जिकिर गर्नु भयो । यता उहाँले भष्टचारिलाई बचाएर देश समृद्ध नबन्ने बताउदै यसलाई जरै देखि उखाल्ने काम माओवादिले गर्ने बताउनु भयो ।

लुम्बिनी प्रदेश सचिवालय सदस्य नारण भुषालले बोल्दै लामो संघर्षबाट आएको संविधानको रक्षा गर्नु पर्ने बताउनु भयो । उक्त कार्यक्रममा लुम्बिनी प्रदेश सचिवालय सदस्य सुकई थारु,प्रदेश सदस्य दिनेश पुन,सुवास सल्यानी, लुम्बिनी परिषद सदस्य हुमनाथ पौडेल,नगर अध्यक्ष देवराज अर्याल,सचिन प्रेम विक, वाईसियल केन्द्रीय सदस्य शिव प्रसाद बन्जाडे,बैकल्पिक केन्द्रीय सदस्य शारदा पोख्रेल,दलित मुक्तिमोर्चा प्रदेश सदस्य चेतमान विष्ट महिला नगर सचिव मधुकला भट्टराई लगायत केन्द्रीय ,प्रदेश जिल्ला पालिका लगायत पाटिका नेताहरुको उपस्थिति रहेको पाटि वडा अध्यक्ष विष्णु पौडेलले बताउनु भयो । कार्यक्रमको सञ्चालन गणेश परियारले गर्नु भएको थियो ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation