एम्बुलेन्सको ठक्कर बाट घाईते शिवराजका एक युवकको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ खैरी चोकमा एम्बुलेन्सले २ वटा मोटरसाईललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। एम्बुलेन्सको भने नम्बर खुलेको छैन।

लु.६० प ३५०५ नम्बर र युके ०७ डिजेड ६००८ नम्बरको दुई वटा मोटरसाइकललाई बिहीबार राति एम्बुलेन्सले ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकलमा सवार शिवराज नगरपालिका–९ बस्ने ३० वर्षीय प्रवेश रोका मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा र मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवारमध्ये ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भने १ जना सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार पश्चात् डिस्चार्ज भएका छन्।

दुर्घटनामा शंकास्पद रा.१ ज १६३ नम्बरको एम्बुलेन्सलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गंगाग बहादुर थापाले बताए। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। घटना एम्बुलेन्सले ठक्कर दिएर भएको हो या दुई मोटरसाइकल जुधेर भएको बिषयमा अनुसन्धान भइरहेको थापाले बताए।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation