१२ औँ कपिलवस्तु डान्स आइडलको फाइनल अडिसन भोलि

कपिलवस्तु । १४ औं कपिलवस्तु महोत्सवको प्रमुख आकर्षक अन्तर्गत रहेको १२ औँ कपिलवस्तु डान्स आइडलको फाईनल अडीसन भोलि मंगलबार हुँदै छ । ५ गतेदेखि विभिन्न चरणमा सुरु भएको डान्स आईडलको अडिसन भोलि ११ः०० बजेदेखि सुरु हुने आइडल संयोजक खडक बहादुर क्षेत्रीले उपकार अनलाईन सङ्ग बताउनुभएको छ ।

फाईनल अडिसनमा छनोट भएका प्रतिसर्धीले २१ गतेदेखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सव अन्तर्गतको १२ औँ कपिलवस्तु डान्स आईडलमा प्रतिसपर्धा गर्ने छन । प्रतियोगिहरुले गत मंसिर ५, ७, ८ र ९ गते आ–आफ्ना नृत्य प्रस्तुत गरेका थिए ।

१२ औं कपिलवस्तु डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार, राम्रो डान्सर बन्ने अवसर कपिलवस्तुमै आएको बताउनुभयो । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिसपर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने प्रतिबद्धता जनाउनुभयो ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थल संरक्षण तथा प्रवद्र्धन गर्न कपिलस्तु महोत्सव र कला संस्कृति प्रवद्र्धनमा कपिलवस्तु डान्स आइडलले विशेष योगदान गर्दै आएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation