
काठमाडौं । मिडियाले सेट गरिरहेकाे भाष्य सुखद नभएकोले, मिडियाकाे सत्यतथ्य सूचना प्रवाहकाे अभावमा समाजकाे दिशा अन्यत्र नै माेडिँदै गएकाे छ । मिडिया गृह र पत्रकारहरू कर्तव्य पथमा खराे न उत्रिदिँदा त्रुटिपूर्ण भाष्य निर्माण भई समाजकाे दिशा नै परिवर्तन भइरहेकाे छ ।
बिहार राज्यकाे मधेपुरामा भारतीय पत्रकार संघ र द रिपब्लिकन टाइम्सकाे संयुक्त कार्यक्रमकाे अवसरमा विशिष्ट अतिथि रहेका नेपालका पूर्व मन्त्री तथा संविधान सभा सदस्य माेहम्मद जाकिर हुसैनले बताए । उनले विश्व मिडिया नै अरूकाे लागि भाष्य निर्माण गर्ने दलदलमा फसेकाे बताए । खास गरी विश्वकै ठूलाे लाेकतन्त्र भएकाे भारतमा मिडिया हाउस र पत्रकारहरूलाई भारतीय पत्रकारिताकाे दशा र दिशा दुवै परिवर्तन गर्न पुनर्विचार गर्ने बेला भएकाे उनले बताए ।
हुसैनले नेपाल भारतकाे अटुट दाैत्य सम्बन्ध रहेकाे र नेपाल-भारतकाे सम्बन्ध मानवीय सभ्यताकाे विकास देखि इतिहास हुँदै राेटीबेटीमा जाेडिन पुगेकाे छ । भारतले राम्राे मित्र राष्ट्रकाे रूपमा नेपाललाई सहयाेग गर्दै आएकाे छ । कार्यक्रमकाे प्रमुख अतिथि रहेका लाेकसभा सदस्य तथा जनअधिकार दलका राष्ट्रिय अध्यक्ष पप्पु यादवले भारतमा सच्चा रिफर्मर नेताकाे खाँचाे रहेकाे र वर्तमान दशा र दिशा निकै खराब रहेकाे बताउँदै सरकारप्रति असन्तुष्ट जाहेर गरी मिडिया जिम्मेवार हुनुपर्ने बताए ।
उनले भने, ‘डा. दिवासीष बाेसजस्ताे निडर, निषपक्ष र विचारशील पत्रकारले समाज बदल्न सक्छ । पत्रकारहरूले मधेपुराका शान स्व. बाेसबाट सिक्ने कुरा धेरै छन्, उनले भने । भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीले भारतीय पत्रकारहरूकाे आर्थिक, बाैध्दिक तथा भाैतिक सुरक्षासम्बन्धी कानून र संयन्त्र बनाउनु पर्ने बताए । उनले पत्रकारहरूकाे न्युनतम पारिश्रमिक निर्धारण आयाेग गठन गर्न सरकारसँग माग राखे ।
भारतका र नेपालका विभिन्न प्रान्तहरूबाट पत्रकारहरूकाे उपस्थति रहेकाे संगाेष्ठीमा नेपालकाे मधेश प्रदेशबाट सातजना प्रतिनिधिमूलक पत्रकारकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रममा मधेश प्रदेशका सात उदीयमान युवा पत्रकारलाई डा. देवासिस बाेस अवार्ड प्रदान गर्दै सम्मानित गरियाे । पत्रकारिता क्षेत्रमा याेगदान पुर्याएबापत भारतीय पत्रकार संघले केही भारतीय पत्रकार लगायत मधेश प्रदेशका सात नेपाली पत्रकारहरुलाई पुरस्कृत गरेकाे छ । लाेकसभा सदस्य पप्पु यादव, पूर्व मन्त्री जाकिर हुसैन, भारतीय पत्रकार संघका अध्यक्ष सेराज अहमद कुरैशीले संयुक्त रूपमा पत्रकारहरूलाई डा. दिवासीष बाेस अवार्ड प्रदान गरे । पुरस्कृत हुने नेपाली पत्रकारहरूमा इस्तियाक अहमद, सत्येन्द्रप्रताप सिंह, प्रेमशिला यादव, रघुनाथ गुप्ता, रुपेश यादव, सरताज आलम र अनुष्का शर्मा रहेका छन् ।
इस्तियाक अहमद मध्यान्ह दैनिकका मधेश सम्वाददाता हुन । कार्यक्रममा स्व. वरिष्ठ पत्रकार डा. देवासीष बाेसकाे जीवन चरित्र र याेगदानहरूकाे बारेमा बाक्लाे चर्चा भयाे । बिहारकाे मधेपुरा शहरकाे कला भवनमा भारतीय पत्रकार संघ मधेपुरा जिल्ला अध्यक्ष माे. रजीउर रहमानकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।