आदर्श साकोसद्वारा रक्तदान, ८५ युनिट सङ्कलन

सैनामैना | रुपन्देहीको सैनामैनामा रहेको आदर्श बचत तथा ऋण सहकारी संस्थाको २० औं स्थापना दिवसको अवसर पारेर शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ | “रक्तदान जीवनदान ” भन्ने नारा अङ्गिकार गर्दै कार्यक्रम गरिएको हो |

कार्यक्रममा सस्थाका संस्थापक सदस्यलाई सम्मान गरिएको जानकारी सस्थाका कार्यसमिति सदस्य लेखनाथ गैरैले जानकारी दिनुभयो । संस्थाले उपस्थित कार्यक्रमका प्रमुख अतिथि , संस्थाका बरिष्ठ सल्लाहकार तथा संस्थापक अध्यक्ष , अभिभावक बुद्धि प्रसाद न्यौपाने , संस्थापक कार्यसमिति ,संस्थापक सदस्य, वार्ड नं ८ का अध्यक्ष, नियमित रक्तदान संघ, केन्द्रिय बरिष्ठ उपाध्यक्ष श्री लेखनाथ भण्डारी ज्यू , रेडक्रस प्रदेश न. ५ का अध्यक्ष लालप्रसाद पंगेनी नि वर्तमान अध्यक्ष श्री नारायण राज न्यौपाने,सल्लाहकार , लेखा सह्योजक ,कार्य समितिका , विभिन्न उपसमिति , सेयरसदस्य कर्मचारी तथा उपस्थीत खुला रक्तदान जीवन दान भन्ने मूल नारा लिएर सहयोग पुराउनुहुने सम्पूर्ण सहयोगीलाई सस्थाले धन्यवाद दिएको छ। कार्यक्रममा ८५ जनाबाट ८५ युनिट रगत सङ्कलन भएको छ |

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation