ब्राईट लुम्बिनीद्धारा ईपिएस कोरियन भाषा उत्तिर्ण बिध्यार्थीहरुलाई सम्मान तथा बिदाई

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा १ चारनम्बरमा अवस्थित ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन लुम्बिनी लर्निङ सेन्टरले आज एक समारोहमा बिच ईपिएस कोरियन भाषा उत्तिर्ण बिध्यार्थीहरुलाई सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

बाणगंगाको बैरियामा अवस्थित ओल्ड कक रेष्टुरेन्टमा आयोजित उक्त कार्यक्रमा उत्कृष्ट नतिजा सहित ईपिएस परिक्षामा उत्तिर्ण बिध्यार्थीहरुलाई बा्रईट लुम्बिनीले बिदाई तथा सम्मान गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य बिष्णु पन्थीले ईपिएस परिक्षामा उत्तिर्ण सम्पुर्ण बिध्यार्थीहरुलाई बधाई संगै उज्जवल भबिष्यको कामना गर्नुभएको थियो । पछिल्लो समय कपिलवस्तु सहित छिमेकी जिल्लामा पनी ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशनको चर्चा रहेको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट नतिजाका साथ नेपालमै कपिलवस्तुलाई जिल्लालाई प्रतिनिधित्व गराउनेमा बिश्वस्त रहेको बताउनु भएको थियो ।

No description available.

यस्तै कार्यक्रमका बिशिष्ट अतिथी बाणगंगा नगरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखाका प्रमुख खिम बहादुर जि।सिले ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन सेन्टरले अब बिदेशी भाषालाई मात्रै पा्रथमिकतामा नराखी नेपालमै युवा स्वरोजगार स्थापनाका लागी संस्थाले अब लोक सेवा तथा शिक्षक सेवा आयोगका तयारी कक्षाहरु संचालन गरि क्षमतावान् युवालाई सरकारी सेवामा प्रबेश गर्नका लागी प्रोत्साहन गर्न सुझाब दिनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अतिथी तथा ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशनका कोरियन भाषा प्रमुख महेश आचार्यले संस्थाले हरेक पटक उत्कृष्ट नतिजा ल्याउँदै बा्रईट लुम्बिनीको गरिमा बढाउन सफल भएको भन्दै उक्त नतिजा ल्याउनमा मिहीनेती बिध्यार्थी, प्रशिक्षक लगाएत सम्पुर्ण संस्थाका कर्मचारी लगाएतको सक्रियता रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै ब्राईट लुम्बिनी इन्टरनेशनल एजुकेशन लुम्बिनी लर्निङ सेन्टरका संस्थापक तथा प्रबन्ध निर्देशक असिम कँडेल क्षेत्रीले हालै प्रकाशित ईपिएस कोरियन भाषाको नतिजामा ३४ हजार जनाको आबेदन परेकोमा ४ हजार कोटा मध्येबाट ब्राईट लुम्बिनीबाट उक्त परिक्षामा सहभागी ३१ जना बिध्यार्थी मध्येबाट १६ जना बिध्यार्थी उत्कृष्ट नतिजा सहित सफल भएको बताउँदै यसबाट बा्रईट लुम्बिनीको स्थापित गरिमा अझ उचाईमा पुगेकोमा खुशि ब्यक्त गर्नुभयो ।

No description available.

२०७१ सालमा बाणगंगाको गजेहडामा ट्युसन सेन्टरका रुपमा लुम्बिनी लर्निङ् सेन्टरको स्थापना भएको स्मरण गर्दै करिब १० बर्षको यो यात्रामा धेरै उतारचढाबको सामना गर्दै अहिले यो स्थानसम्म आईपुगेको बताउनुभयो । साथै बा्रईट लुम्बिनीको आगामी योजनाको रुपमा होस्टेल सहितको भाषा अध्ययन गराउने लक्ष्यका साथ अगाडी बढेकोमा उक्त योजना यथासिघ्र पुरा गर्नेमा प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

ईपिएस कोरियन भाषा उत्तिर्ण सम्पुर्ण बिध्यार्थी, प्रशिक्षक, कर्मचारी, बिभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार लगाएतको सहभागिता रहेको उक्त बिदाई तथा सम्मान कार्यक्रममा सम्पुर्ण भाषा परिक्षा उत्तिर्ण बिध्यार्थीलाई मायाको चिनो संगै,सम्पुर्ण कर्मचारीलाई प्रशंशा पत्रका साथ सम्मान प्रदान गरिएको थियो भने बिबिध सांस्कृतिक कार्यक्रमको पनी आयोजना गरिएको कार्यक्रमको सहजीकरण पत्रकार तथा संस्थाका प्रेस सल्लाहाकार हरि आचार्यले गर्नुभएको थियो । बिगत १० दश बर्षे लामो यात्रा तय गरेको ब्राईट लुम्बिनी इन्टरनेशल एजुकेशन लुम्बिनी लर्निङ् सेन्टरमा हाल कोरियन भाषाका साथै जापानिज र आयल्स र पि।टि का कक्षाहरु पनी सन्चालमा रहेका छन् ।

No description available.

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation