हेमराज नेपालीको ‘मलाई बाटो फुक्छ’ पन्चेबाजा गीत बजारमा

उपकार अनलाइन, सैनामैना ।
संगीत क्षेत्रमा उदाउदै गरेका गायक हेमराज नेपालीको पन्चेबाजा गीत ‘मलाई बाटो फुक्छ’ सार्वजनिक भएको छ । लगनको महिनालाई मध्यनजर गरेर उक्त गीत वजारमा ल्याएको गाएक नेपालीको भनाई छ ।

पुरुषोत्तम गैरेको शव्द संगीत मा ‘मलाई बाटो फुक्छ’ पन्चेबाजा गीतमा चर्चित गायिका सुनिता बुढा क्षेत्री र गायक हेमराज नेपालीको आवाज रहेको छ । उक्त गीतको भिडियोमा सारिका केसी, सन्तोष शर्मा, सागर मरासिनी, हेमराज नेपाली र इन्दिरा नेपालीको अभिनय देख्न सकिन्छ । गीतको निर्देशन तथा सम्पादन विष्णु भट्टराईले गर्नुभएको हो । गीत HBN Entertainment युट्युम च्यानलमा गएर हेर्न सकिन्छ ।

गायक नेपालीले यस भन्दा अगाढी देशभक्ती, तीज तथा समय अनुकुलका करिव आधा दर्जन गीतहरु बजारमा ल्याइसकेका छन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation