गुल्मीमा डढेलो निभाउने क्रममा एक पुरुषको मृत्यु, १ घाइते

गुल्मी । गुल्मीमा अग्नि नियन्त्रणका क्रममा घाईते भएका एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान साढे ११ बजेतिर जिल्लाको मुसिकोट नगरपालिका-१ तल्लो पौदिस्थित सल्लाघारिमा लागेको आगो निभाउने क्रममा दुई जना घाईते भएका थिए ।

घाइते मध्ये ५८ वर्षीय महले घर्तिलाई गुल्मी अस्पतालमा उपचारक्रममा दिउँसो करिब ३ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पौदि स्थित सर्बोदय माविको जग्गाको सल्लाघारिमा डढेलो निभाउने क्रममा आगाको मुस्लोबाट बच्ने क्रममा घर्तीसहित ५२ वर्षीय रेशम थापा करिव १५० मिटर तल खसेर गम्भीर घाईते भएका थिए । थापाको गुल्मी अस्पतालमा उपचार भईरहेको र अवस्था सामन्य रहेको बताईएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation