सकियो ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम

उपकार अनलाइन, सैनामैना ।
सैनामैना नगरपालिका भित्रका आमा समुहका अध्यक्ष तथा पदाधिकारीहरुका लागि ४ दिने माइनुट तथा प्रस्तावना लेखन तालिम मंगलवार सम्पन्न भएको छ । महिलासंग नगर उपप्रमुख कार्यक्रम अन्तरगत क्रिश मल्टिमिडिया ईन्टरटेनटमेन्ट प्रा.लिको आयोजना तथा सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा शनिबारदेखि सुरु भएको नगरस्तरीय माइनुट तथा प्रस्तावना लेखन तालिम सम्पन्न भएको हो ।

सैनामैना नगरपालिका महिला तथा बालबालिका शाहा प्रमुख तुल्सी ज्ञवालीकोे अध्यक्षता सैनामैना नगर उप–प्रमुख विना रानाको प्रमुख आतिथ्यता तथा विभिन्न वडाका वडा सदस्यहरुको आतिथ्यतामा कार्यक्रम बामरी पार्टि प्यालेसमा सम्पन्न भएको हो ।

समापन समारोहमा बोल्दै प्रमुख अतिथि सैनामैना नगर उपप्रमुख विना रानाले महिलाहरुको क्षमता विकास, सिप मुलक तालिम, महिलाहरुलाई सक्षम र आत्मनिर्भर बनाउन महिलासंग उपप्रमुख कार्यक्रम अन्तरगत रहेर हरेक बर्ष विभिन्न काम गर्दै आएको बताउनुभयो । सोहि अनुसार नगर भित्र रहेका आमा समूह र संस्थाहरुमा आबद्ध महिला दिदिबहिनीहरुलाई नेतृत्वदायि क्षमता विकास गर्न, समुह बैठकमा गर्ने मिटिङ्ग निर्णाय, एजेन्डा माथी छलफल, योजना माग कसरी गर्ने, प्रस्तावना कसरी लेख्ने, संस्था कसरी संचालन गर्ने विषयमा जानकार बनाउन यो तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले भन्नुभयो नगर भित्र रहेका आमा समूह र संस्थाहरुमा नेतृत्व गर्ने महिला दिदिबहिनीहरु सक्षम बन्दा विकासका काम थप प्रभावकारी रुपमा अघि बढाउन सहयोग पुग्ने भएकाले यसै कुरालाई आवश्यक ठानी तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

चार दिन सम्म संचालन भएको तालिममा नगर भित्र रहेका आमा समूहका अध्यक्ष, सचिव तथा अन्य पदाधिकारी गरि करिव ८० जनाको सहभागिता रहेको थियो । तालिममा माइन्यूट (बैठकको निर्णय) लेखन तालिममा जेसिआई नेपालका तालिम प्रशिक्षक रमेश खरेल र मुक्तिनाथ गैरे, सञ्चारकर्मी सन्जु पौडेल, कृष्ण भण्डारी लगाएतले सहजीकरण गर्नु भएको थियो । सैनामैना–२ निवासी विपन्न परिवारका नविन भट्टराईको परिवारको स्वास्थ्य विमा गरेर समुद्घघाटन गरिएको कार्यक्रमको समापन समारोहमा उक्त परिवारलाई सो विमा बापतको रकम समेत हस्तान्तरण गरिएको क्रिश मल्टिमिडिया ईन्टरटेनटमेन्ट प्रा.लिका सञ्चालक कृष्ण भण्डारीले जानकारी गराउनुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation