दलित समुदायमा पनि सक्रियता बढेको छ: उपप्रमुख राना

उपकार अनलाइन, सैनामैना ।

पछिल्लो समय दलित समुदायमा जागरुता बढदै गएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउनु भएको छ । आज स्थानिय तहमा दलित जनप्रतिनिधि तथा अगुवा कार्यकर्ताहरुको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाले सो बताउनु भएको हो ।

सैनामैना नगरपालिकाले दलित समुदायको उत्थानको लागी बिभिन्न कार्यक्रम गर्दै आएको उपप्रमुख रानाको भनाई थियो । आगामी दिनमा समेत दलित समुदायको माग अनुसार नगरपालिकाले कार्यक्रम तय गर्ने समेत रानाको भनाई थियो । स्थानिय तहले दलित समुदायको माग र आवश्यता अनुसार बजेत बिनियोजन गरेर दलित समुदायलाई अगाडी बढाउनु पर्ने सामुदायिक जागरण बिकास मञ्चका अध्यक्ष राम बिश्वकर्माले बताउनु भयो ।

दलित समुदायले आफ्नो माग स्पष्ट रुपमा सम्बन्धित निकायसंग माग गर्न सक्नु पर्ने सैनामैनाका कार्यपालिका सदस्य सुरज बरालले बताउनु भएको थियो । कार्यक्रममा सैनामैनाका कार्यपालिका सदस्य टेक बहादुर बि।क, डोलराज सुन्ढौली, माया बि।क, सैनामैनाका नगर सदस्य जमुना पुन सुनार, समाज सेवी तिलक नेपाली लगायतले दलितका हक अधिकारका बिषयमा बोलेका थिए ।
सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा सामुदायिक जागरण बिकास मञ्चको आयोजनामा सैनामैना वार्ड नं ८ को भगत सर्वजित प्रतिष्ठान भवनको सभाहलमा कार्यक्रममा सम्पन्न कार्यक्रमको संचालन अन्जली बिश्वकर्माले गर्नु भएको थियो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation