पर्यावरण संरक्षणमा बृक्षारोपण र श्रमदानमा लायन्स क्लब अफ कपिलवस्तु

शागर बेल्बासे, कपिलवस्तु ।

आफुभन्दा कमजोर स्थिति रहेका मानव को मानवीय सहयोग को सेवा भाब लाई मुल सिद्धान्त मानेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोगी संस्थाको रुपमा सुवर्ण पानामै हुनै पर्ने लायन्स क्लब हो।
त्यस्तै सेवा भाब र सामाजिक क्रियाकलाप मा निकै उत्साह पुर्वक लाग्ने लायन्स क्लब अफ कपिलवस्तु हो।लायन्स बिकास न्यौपाने र लिला पौडेल न्यौपाने को बैबाहिक बर्सगाँठको अवसर पारी लायन्स क्लब अफ कपिलवस्तु का अध्यक्ष नवदत्त घिमिरे को नेतृत्व मा,लायन्स क्लब अफ कपिलवस्तु दिदिबहिनी का अध्यक्ष भगवती भुसाल र लियो क्लब का अध्यक्ष प्रबिण गौतम सहित कपिलवस्तु लायन्स मा आवद्ध सम्पूर्ण सदस्य तथा शुभेच्छुक समेत को उपस्थिति मा आज खाद्यान्न हस्तान्तरण ,बृक्षारोपण तथा सरसफाइ श्रमदान कार्यक्रम सम्पन्न भएको छ।
बाणगङ्गा नगरपालिका वडा नम्बर १ को उत्तमनगर आधारभुत स्वास्थ्य सेवा केन्द्रको परिसरमा सरसफाइ सहित स्वच्छ बाताबरण का निम्ति विशेष महत्त्व भएका बिरुवाहरु लगाउदै उत्तमनगरकै प्रगती टोल का एक अति बिपन्न गोमा रास्कोटिको परिवारलाई खाद्यान्न समेत हस्तान्तरण गरिएको छ।मानसिक सन्तुलन समेत कमजोर रहेकी गोमा कै घरमा पुगि आज बैबाहिक बर्सगाँठ भएका बिकास न्यौपाने र लिला न्यौपाने को हातबाट खाद्यान्न उपलब्ध हुंदा उनको परिवारलाई केही महिनाका लागि ठूलो राहत भएको टोल बिकास अध्यक्ष तुलबहादुर सुर्यवंसी ले बताउनु भएको छ। आजको कार्यक्रम संस्थाका अध्यक्ष नवदत्त घिमिरे को अध्यक्षता ,उपाध्यक्ष नारायण पौडेल को स्वागत मन्तव्य ,वडा नम्बर १ का अध्यक्ष सन्जु कुमार सारुको प्रमुख आतिथ्यता र संस्थाका सचिब लायन्स दामोदर पन्थिको संचालनमा सम्पन्न भएको छ।कार्यक्रम मा लायन्स क्लब का संस्थापक अध्यक्ष कृष्ण के सि,पुर्व अध्यक्ष क्रमश धातानन्द भुसाल,सुरेन्द्र घिमिरे ,राम सुभाग्य थारु,ओम प्रकाश घिमिरे,लायन्स दिदिबहिनी का पुर्व अध्यक्ष लक्ष्मी गैरे,सीता कंडे,रितु खनाल तथा पदाधिकारी रमा भट्टराई,अनिस भुसाल लगायत लायन्स तथा लियो का पदाधिकारी तथा सम्पूर्ण सदस्य सहित स्वास्थ्य सेवा केन्द्र कि प्रमुख इस्वरा खरेल,कर्मचारी भगवती थापा,ब्यबस्थापन समिती सदस्य बुद्दी सागर बेल्बासे,समाजसेवी लिल बहादुर पहराइ लगायत को उपस्थिति मा आजको कार्यक्रम सप्पन्न भएको छ।आजको कार्यक्रम संयोजक लायन्स शान्तराज गैरे रहेको प्रथम उपाध्यक्ष नारायण पौडेलले जानकारी गराउनुभएको छ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation