बीमा सम्बन्धीत अन्तरकृया कार्यक्रम सम्पन्न

सन्जिव गहतराज, सैनामैना ।
मंगलवार एक कार्यक्रमको विच सैनामैना नगरपालिकासंग बीमा सम्बन्धीत अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नागरीकहरुलाई बीमाको दायरामा ल्याउन आवश्यक भएकोले पालिकाको तर्फबाट आगामि दिहरुमा प्रभावकारी कर्ययोजना तयार गर्ने प्रतिबद्धता सैनामैना नगर उप प्रमुख बीना रानाले ब्यक्त गर्नुभयो ।

नेपाल बीमा प्रधिकरणले आयोजना गरेको कार्यक्रममा बीमाले नागरीकको सम्पती माथिको जोखिम लिने भएकोले भुकम्प, बाढी पहिरो, सडक दुर्घटनाबाट हुने क्षतिको रक्षावरण गर्ने हुदा सबैले अनिवार्य रुपमा बीमा गर्नुपर्ने स्वास्थ्य शाखा प्रमुख तथा निमित्त कार्यकारी प्रमुख बसन्त श्रेष्ठले बताउनुभयो ।

सहकारीहरु जस्तो बीमा कम्पनी नडुब्ने बताउदै समाजमा सबै मिलेर यसको भ्रम चिर्नपर्ने नेपाल बीमा प्रधिकरण, लुम्बिनी प्रदेश प्रमुख पुर्ण बहादुर थापाले बताउनुभयो । बीमा कम्पनीहरुले जोखिमलाई अन्य पुर्नबीमा कम्पनीहरुमा सार्ने भएकोले सबै नागरीहरु बीमाको दायरामा आउनुपर्ने नेपाल बीमा प्रधिकरण, लुम्बिनी प्रदेश प्रमुख थापाले जोड दिनुभयो ।

कार्यक्रममा सैनामैना नगरपालिकाका शाखा प्रमुखहरु, कार्यपालिका सदस्यहरु र बीमा कम्पनीमा प्रतिनिधिहरुको सहभागितामा सम्पन्न भएको हो । कार्यक्रम नेपाल बीमा प्रधिकरण, लुम्बिनी प्रदेश कार्यालय साहायक निर्देशक निर्मल खनालले संचालन गर्नुभएको थियो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation