एन प्याब्सन रुपन्देहीको अध्यक्षमा केसी चयन

बुटवल । राष्ट्रिय निजि तथा आवासिय विद्यालय एशोसियसन नेपाल (एन प्याब्सन) रुपन्देहीको १० औँ वार्षिक साधारण सभा तथा पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ । संघका जिल्ला अध्यक्ष बिल गुरुङले नवनिर्वाचित अध्यक्ष तिलब केसीलाई पद हस्तान्तरण गर्नु भएको हो । गएको भदौमा भएको निर्वाचनबाट निर्वाचित गुरुङ एक वर्षका लागि अध्यक्ष भएको र बाँकी दुई वर्षकालागि सहअध्यक्ष केसीलाई अध्यक्ष बनाउने सहमति भएअनुसार गुरुङले शनिबार साधारण सभाका अवसरमा केसीलाई अध्यक्षको पद हस्तान्तरण गर्नु भएको हो ।

कार्यक्रमको एन प्याप्सनका केन्द्रिय अध्यक्ष सुभास न्यौपानेले शिक्षामा नीजि क्षेत्रको योगदानको अवमुल्याकन भएको दाबी गुनासो गर्नुभयो । उहाँले सामुदायिक र संस्थागत दुबै विद्यालयले एकै किसिमको शिक्षा प्रदान गरेतापनि राज्यले विभेदकारी ब्यवहार गरेको भन्दै दुबै तर्फका विद्यालयलाई एउटै शिक्षा नीतिमा बाध्नु पर्ने राज्यसँग आग्रह गर्नुभयो । सरकारको ठुलो लगानीबाट आउने प्रतिफलभन्दा नीजि विद्यालयहरुको नतिजा उत्कृष्ट बन्दै गएको उल्लेख गर्दै गुठीका कुरा गरेर संस्थागत विद्यालयका संचालकलाई विस्थापित गराउने कार्य सरकारले गर्न लागेको आरोप लगाउनुभयो । कार्यक्रममा एन प्याब्सनका प्रदेश सचिव टोपेन्द्र खनालले निजि विद्यालयहरुलाई धरापमा पार्ने गरि गरिएको रणनिति सफल नहुने तर्क दिदै यो खेललाई रोक्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा एन प्याब्सनका  केन्द्रिय सल्लाहकार राजु गुरुङ्ग, केन्द्रीय सदस्य बालकृष्ण तिवारी, देउप्रकाश राई, विष्णुप्रसाद पौडेल, पुरुषोत्तम बस्याल, प्रदेश सहसचिव जेबि क्षेत्री, पुस्तक तथा स्टेशनरी केन्द्रिय सल्लाहकार मनहरी बस्याल, राष्ट्रिय अभिभावक संघ रुपन्देहीका अध्यक्ष भोजबहादुर बुढाथोकी, जिल्ला उपाध्यक्ष बाबुराम बन्जाडेले शिक्षा क्षेत्रमा पछिल्लोसमय नयाँ परिवर्तन आउने लागेको भन्दै यसबाट थोरै भएपनि सुधार हुनेमा आशाबादी रहेको बताउनुभयो । सोही कार्यक्रमको अवसरपारी शिक्षा क्षेत्रमा कलम चलाएको भन्दै रुपन्देहीमा क्रियाशिल पत्रकार झविन्द्र देवकोटा, स्वस्तीक श्रेष्ठ, तेजेन्द्र केसी, रविन्द्र गुप्ता र कृष्ण भण्डारीलाई सम्मान गरिएको थियो । त्यसैगरी एन प्याब्सनको विभिन्न कार्यक्रममा संयोजकको भुमिकामा रहि उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै सहअध्यक्ष तिलब केसी, उपाध्यक्ष बाबुराम बन्जाडे, कोषाध्यक्ष विनोद थापामगर र लक्ष्मण अर्याललाई सम्मान गरिएको एन प्याब्सनका सचिव अमित यादवले जानकारी दिनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation