विश्व हिन्दु महासंघ रुपन्देहीको अध्यक्षमा राम प्रसाद पाण्डेय मनोनित

उपकार अनलाइन, सैनामैना ।
विश्व हिन्दु महासंघ लुम्विनी प्रदेशको कार्य समितिको बैठकको निणर्य अनुसार लुम्विनी प्रदेशको कला तथा सस्कृति समिति रुपन्देहीको अध्यक्षमा राम प्रसाद पाण्डेलाई मनोनित गरेको छ ।
विश्व हिन्दु महासंघ लुम्विनी प्रदेशका अध्यक्ष बेन बहादुर पौडेल क्षेत्रीले पाण्डेलाइ मंगलवार उक्त जिम्मेवारी दिएको जानकारी गराउनभयो ।

मनोनित पछि बोल्दै अध्यक्ष पाण्डेले धर्म संस्कार संस्कृति संरक्षणार्थ अघि बढी रहेको यो संस्था विश्व हिन्दु महासंघ नेपाल कला तथा संस्कृति समिति रुपन्देही जिल्लाको जिल्ला अध्यक्षको जिम्मेवारी दिनु भएकोमा संयोजक, अध्यक्ष, सचिव लगायत सम्पुर्ण पधाधिकारीलाई धन्यवाद ज्ञापन गर्नुभयो । पाण्डेले अग्रजको साथ सहयोग, आशीर्वाद लिँदै संस्थाको निति, नियम र बिधान पालना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गनुभयो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation