तेस्रो शिलाकोट कप पुरुष भलिवल प्रतियोगिता पुष १२ गते देखि

विमल गैरे, रुपन्देही ।
नयाँलाई प्रोत्साहन अग्रजलाई सम्मान, खेलाडी उत्पादन हाम्रो अभियान भन्ने नारा सहित तेस्रो शिलाकोट कप वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता यहि पुषको १२ गते १४ गते सम्म सुरु हुने भएको छ । शिलाकोट स्पोर्ट क्लव रामपुर नगरपालिका वडा न.८ पाल्पाको आयोजना तथा श्री विरेन्द्र आधारभुत विद्यालय रामपुर नगरपालिका वडा न.८ पाल्पाको सह आयोजनामा उक्त प्रतियोगिता सञ्चालन हुन लागेको आयोजकले जनाएको छ ।

खेलकुद क्षेत्रको विकास गर्दै खेलाडी उत्पादन गर्ने उद्देश्यले विगत देखिनै क्लवले यो प्रतियोगिता गर्दै आएको छ । वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता वडा देखि वाहिरी जुनसुकै खेलाडी बढीमा दुइ जना सम्म राख्न सकिने भलिवल खेल संयोजक छविलाल नामजालिले जानकारी गराउनुभयो ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद ३० हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा तृतीय हुने टिमले नगद २० हजार कप, मेडल र प्रमाण पत्र एवम् सान्त्वना हुने टिमले नगद १० हजारसहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । यस्तैगरी विभिन्न विधागत पुरस्कार तर्फ बेष्ट सर्भर, बेष्ट ब्लकर, बेष्ट डिफेन्डर, बेष्ट सेटर, वेष्ट स्पाइकर, बेष्ट कोच, बेष्ट प्लेयर खेलाडीका लागि नगद पुरस्कार सहित सम्मान गरिने खेल संयोजक छविलाल नामजालिले बताउनुभयो । कार्यक्रमको सम्पुर्ण लाइभ उपकार अनलाइन टिभिमा हेर्न सकिने छ भने उपकार अनलाइन डट कममा प्रतियोगिता सम्वन्धी सम्पुण जानकारी प्राप्त गर्न सकिने छ । कार्यक्रम समापनको दिन पौष १४ गते देउराली मगर पन्चे वाजा समुह र स्थानिय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation