रामापुर क्याम्पस स्ववियु निर्वाचनमा तिन विद्यार्थी संगठनको उम्मेद्वारी दर्ता

सैनामैना । स्वतन्त्र विद्यार्थी युनियनको यहि चैत्र ५ गते हुने निवार्चनको सरगर्मी देशै भरका क्याम्पसहरुमा देखिएको छ । यस्तै रुपन्देहीको सैनामैना ६ कलौनी स्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा पनि स्ववियु निर्वाचनको सरगर्मी बढेको छ । शनिवार उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका अनुसार क्याम्पसमा ५ विद्यार्थी संगठनले संयुत्त प्यानल बनाइ उम्मेदवारी दर्ता गराएको छ । यस्तै नेपाल विद्यार्थी संघ ले पनि उम्मेदवारी दर्ता गराएको छ भने स्वतन्त्रबाट एक जनाले उमेद्वारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी (यूनियन) अखिल छैंठौं र बैध निकट अनेरास्ववियु क्रान्तिकारी मिलेर गठबन्धन बनाएका छन् । यसरी पाँच दलिय संयुत्त प्यानल अरु विद्यार्थी संगंठन भन्दा बलियो देखिन्छ । यस्तै नेपाल विद्यार्थी संघ र स्वतन्त्र तर्फका उम्मेदवार पनि चुनाव जित्ने लक्ष्य सहित मैदानमा खडा भएका छन् ।
अहिले चुनाव सम्पन्न गर्नका लागि विभिन्न तयारीहरु भैरहेको चुनाव निर्वाचन समितिले जानकारी दिइएको छ । जस अन्र्तगत शनिवार उम्मेदवारी दर्ता समपन्न भएको छ भने शनिवार साझ ७ वजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।

संयुक्त प्यानल बनाई गठबन्धनका तर्फबाट सभापति पदमा विज्ञान पाण्डेको नेतृत्व चुनावी मैदानमा छ ।, नेविसंघका तर्फबाट मौसम थापा नेतृत्वको टिम र स्वतन्त्रबाट विशाल पौडेलले एक्लै उम्मेदवारी दिइएका छन् ।

शनिवार साझ अन्तिम नामावली सार्वजनिक भए संगै चैत्र ५ गते स्ववियु निर्वाच हुनेछ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation