नयाँ वर्षको अवसरमा संगम युथ क्लव पर्रोहाले रक्तदान कार्यक्रम गर्दै

विमल गैरे, सैनामैना ।
रक्तदान जीबनदान भन्ने मूल नाराका साथ नयाँ बर्ष २०८२ सालको पावन अबसरमा संगम युथ क्लव पर्रोहाले रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

कार्यक्रम यहि चैत्र २७ गते बिहान ७ः३० बजे देखि सैनामैना –२ सरौली दुर्गा मन्दिर परिसरमा हुने छ । उक्त दिन निशुल्क मधुमेह जाँच र २५% छुटमा थाइराइड चेकअप ,किड्नी परिक्षण ,कलेजो परिक्षण, रगतको मात्रा र संक्रमणको परिक्षणको पनि ब्यबस्था रहेको आयोजक क्लवले जानकारी दिएको छ ।

संगम युथ क्लव पर्रोहाको आयोजना र एप्पल प्याथ ल्याब सैनामैना ३ तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको सहकार्यमा हुन लागेको रक्तदान तथा निशुल्क मधुमेह परिक्षण कार्यक्रमको उद्देश्य आवश्यकता परेका बिरामीहरूलाई जीवनदायी सहयोग पुर्‍याउनु रहेको छ । आयोजक क्लवले सबैलाई रक्तदान गरेर नयाँ वर्षलाई सेवा भावले सुरु गर्न आग्रह गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation