
विमल गैरे, सैनामैना ।
पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैना नगरपालिकाबाट सहभागी हुन जाने खेलाडीहरूलाई शुक्रवार एक विशेष कार्यक्रमका बीच शुभकामना तथा जर्सी वितरण गरिएको छ । कार्यक्रममा सहभागी खेलाडीहरूलाई सैनामैना नगरपालिकाका नगर प्रमुख फणेन्द्र प्रसाद शर्मा, उपप्रमुख विना राना, लेखा प्रमुख शिवलाल अर्याल, नगर खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष डिआर गैरे, सदस्य अर्जुन पोख्रेल लगायतले खेलाडीहरुलाई जर्सी वितरण गर्नुभएको हो ।
कार्यक्रममा नगर प्रमुख फणेन्द्र प्रसाद शर्माले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सैनामैना नगरपालिकाले रुपन्देही जिल्लामा अरुपालिकाले भन्दा उत्कृष्ट गर्दै आएको बताउनुभयो । खेलकुद युवाको उर्जा र आत्मबल प्रस्तुत गर्ने माध्यम हो हाम्रो नगरपालिकाको प्रतिनिधि भएर जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुन जान लाग्नुभएका सम्पुर्ण खेलाडी भाइ, बहिनीहरुलाई अनुशाशित भएर खेलको नियम हार जितलाई स्वीकार गर्दे खेल खेलेर आउन शुभकामना दिनभयो ।
यस्तै नगर उपप्रमुख विना रानाले खेलमा गइसकेपछी हार जित स्वभाविक हो तर खेलाडी भाइवहिनीहरुले आत्मबलका साथ आफुले खेल्ने खेल खेलेर आउन आग्रह गर्नुभयो । रानाले भन्नुभयो नियमित अभ्यास, अनुशासन र आत्मविश्वासले सफलता प्राप्त गर्न सकिन्छ । सैनामैनाका खेलाडीहरूले सैनामैनाको नाम राख्ने क्षमता छ भन्ने हामीलाई विश्वास छ ।
नगर खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष डिआर गैरेले सैनामैना नगरपालिका देखी जिल्ला स्तरीय खेल्न तिलोत्तमा नगरपालिकामा सहभागी हुन जादै गर्दा यो नगरको अनुशाशन समेत जाडिएको हुने भन्दै खेलाडीहरुलाई अुशाशन पुर्वक खेलमा शहभागि हुन आग्रह गर्नुभयो । जिल्ला खेलकुद विकास समितिको आयोजनामा यहि जेष्ट १७ र १८ गते हुन लागेको पन्ध्रौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सैनामैनाबाट भलिवलमा २० जना, करातेमा १२ जना, कबड्डीमा २० जना, एथलेटिक्समा १३ जना, टेकवान्डोमा १२ जना गरी करिव ७७ जना खेलाडी सहभागिहुने जानकारी गराउनुभयो ।
सैनामैना नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सैनामैना नगरपालिाका लेखा प्रमुख शिवलाल अर्याल, शिक्षा शाखा प्रमुख राधा वेल्वासे, सुचना अधिकारी केशवराज अर्याल लगायतको उपस्थिती रहेको थियो । नगर खेलकुद विकास समिति सदस्य प्रेम श्रीसले कार्यक्रममा उपस्थित अतिथिहरूलाई स्वागत गर्दै प्रतियोगितामा सहभागी खेलाडीहरूलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम नगर खेलकुद विकास समितिका सदस्य अर्जुन पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नेपाल सरकारद्वारा आयोजना गरिने खेलकुद प्रतियोगिता हो, जसमा देशभरिका विभिन्न विद्यालय तथा स्थानीय तहका खेलाडीहरू सहभागी हुन्छन् ।