
उपकार अनलाइन, सैनामैना ।
सैनामैना व्यापार सङ्घको आयोजनामा सातौं सैनामैना व्यापार महोत्सव २०८२ हुने भएकोछ । व्यापार सङ्घले पाल्पामा आयोजना गरेको कार्यशाला गोष्ठीमा महोत्सम सञ्चालन बारे छलफल गरेको छ, उक्त छलफलबाट सातौं सैनामैना व्यापार महोत्सवको मिति तय गरिएको छ । महोत्सव यही पुष २५ गतेदेखि माघ ६ गतेसम्म सैनामैना ६ कलौनीमा सञ्चालन हुने छ ।
सैनामैना व्यापार सङ्घका अध्यक्ष सुरेन्द्र पौडेलका अनुसार, गोष्ठीको उद्देश्य महोत्सवका तयारीहरूलाई अन्तिम रूप दिनु र व्यापार, पर्यटन तथा उद्योग प्रवर्द्धनका सम्भावनाहरूमा छलफल गर्नु रहेको थियो।
कार्यशालामा विभिन्न क्षेत्रका व्यवसायी, सञ्चारकर्मी, संघसंस्थाका प्रतिनिधिहरू तथा आयोजक समिति सहभागी थिए।
महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, बालमैत्री खेल क्षेत्र, राष्ट्रिय कलाकारहरूको प्रस्तुति, तथा उद्योग व्यापार सम्बन्धी अन्तरक्रिया अध्यक्ष पौडेलले जानकारी दिनुभयो।













