सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा सैनामैना उद्यमी-शिक्षा संगम कार्यक्रम हुदै

विमल गैरे, सैनौना ।
युवा विद्यार्थी, उद्यमी र सामाजिक कार्यकर्ताहरूबीच ज्ञान र अनुभव साटासाट गर्ने उद्देश्यले सहिद नारायण पोखरेल रामापुर क्याम्पसमाले सैनामैना उद्यमी-शिक्षा संगम २०८२ कार्यक्रम गर्ने भएको छ । सैनामैना नगरपालिका–६ मा रहेको उक्त क्याम्पसले यहि साउन ९ गते शुक्रबारका दिन कार्यक्रम गर्न लागेको क्याम्पसले जनएको छ ।

बुधवार क्याम्पस सभावलमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै क्याम्पस प्रमुख हेमन्त थापाले यस कार्यक्रमले युवाहरूलाई उद्यमशीलता र सामाजिक परिवर्तनको प्रेरणा दिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको प्रमुख आकर्षणका रूपमा ईड्राइभ लुम्बिनी प्रदेशका अध्यक्ष राजकुमार गुप्ताले ‘डिजिटल युगमा युवा उद्यमिता’ विषयमा प्रस्तुति दिनुहुने छ । साथै गाउँको घर इको फार्म हाउस, पाल्पाका संस्थापक तथा नेपाली लुगा पहिचाः युवा उद्यमी, सामाजिक अभियान्ता समुन्द्र घिमिरेले ‘परम्परागत व्यवसाय र नविनतम प्रविधिको समन्वय’ विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

शिक्षा र व्यवसायको संगममार्फत स्थानीय स्तरमै नवप्रवर्तन र उद्यमशील सोच विकास गर्ने उद्देश्यले पहिलो पटक क्याम्पसले यो कार्यक्रम आयोजना गर्न लागेको हो ।
कार्यक्रमबाट विभिन्न जिल्लाका करिब ३०० सय युवा विद्यार्थीहरुले प्रत्यक्ष ज्ञान, ३५ बढि स्थानिय उद्यमीहरुको ब्यवसाय प्रदर्शन, विद्यार्थीहरुलाई ब्यवहारिक कौशल पिचिङ र नेटवर्किङ सिकाई, स्थानिय स्तरमा उद्यमी र शिक्षा उद्यमी शिक्षा समन्वय हुने क्याम्पसको दाबी छ ।

यसैगरि युवा उद्यमिताः अवसर र चुनौतीहरु, डिजिटल मार्केटिङ र स्थानिय ब्यवसाय, सामाजिक उद्यमिता र स्थानिय विकास विषयमा वर्कशप/प्यानल छलफलका साथै क्याम्पसमा अध्ययरत विधार्थीहरुको ब्यवसायिक विचारहरु प्रस्तुत मध्येबाट उत्कृष्टलाई पुरस्कृत समेत गरिने छ

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation