नेवार संस्कृतिको जगेर्ना गर्नका लागि: सैनामैनामा ‘पर्रोहा ल्याम्ह पुच’ गठन

उपकार अनलाइन, सैनामैना । नेवार समुदायका युवाहरूले आफ्नो संस्कृति, भाषा र परम्पराको संरक्षण गर्न रुपन्देहीको सैनामैनामा ‘ल्याम्ह पुच’ नामक नयाँ युवा समूह गठन गरेका छन् । साविक पर्रोहा गाविसमा बसोबास गर्ने नेवार समुदायको मूल संस्था ‘पर्रोहा नेवा पुच’को पहलमा १६ देखि ४० वर्ष उमेर समूहका युवालाई संगठित गर्दै यो समूह गठन गरिएको हो ।

शुक्रबार एक भेला गरि ४० जना युवाको सहभागितामा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । जसमा कृष्ण श्रेष्ठ अध्यक्ष, रोस्नी श्रेष्ठ उपाध्यक्ष, आविष्कार श्रेष्ठ सचिव, प्रबिन श्रेष्ठ सह–सचिव र अजय श्रेष्ठ कोषाध्यक्ष चयन भएका छन् । यस्तै, सदस्यहरूमा सुदीप श्रेष्ठ, मोहन श्रेष्ठ, पवन श्रेष्ठ, आर्यन श्रेष्ठ, महेश श्रेष्ठ र आयुष श्रेष्ठ रहेका छन् ।
समितिले नेवारी संस्कृति झल्किने लाखे नाच, रोपाइँ जात्रा, गाइजात्रा लगायतका कार्यक्रमहरू आउँदो नागपञ्चमीदेखि सञ्चालन गर्ने तयारी गरेको छ । पर्रोहा नेवा पुचका अध्यक्ष देवीप्रसाद श्रेष्ठका अनुसार नयाँ पुस्तामा सांस्कृतिक ज्ञान हस्तान्तरण गर्न ल्याम्ह पुचको गठन गरिएको हो ।
उपाध्यक्ष बाबुराम श्रेष्ठले नेवारी भाषा, भेषभूषा, चालचलन र रीतिरिवाजको संरक्षणमा युवाहरूको सक्रिय सहभागिता आवश्यक भएको बताए ।
संस्थाका सचिव चेतप्रसाद श्रेष्ठ, कोषाध्यक्ष लक्ष्मी श्रेष्ठ, सल्लाहकार अमृत श्रेष्ठ र किशोर श्रेष्ठले समुदायमा सांस्कृतिक चेतना फैलाउने काममा ल्याम्ह पुचले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरेकाछन् । नेवार समुदायको मौलिकता र परम्पराको जगेर्ना गर्न युवाहरू आफैँ अगाडि सरेको यो पहल रुपन्देहीमा मात्र नभई राष्ट्रिय स्तरमा समेत प्रेरणादायी बन्न सक्ने देखिएको छ ।
ध्चष्तभ तय द्यष्mब िन्बष्चभ

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation