
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ३ मा सामाजिक संस्थाको सशक्तिकरण र महिलाको सक्रिय सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यले वडास्तरिय आमा समूहलाई कुर्र्ची वितरण गरिएको छ । वडा नं. ३ को कार्यालयबाट प्रदान गरिएको ती कुर्ची हरू वडास्तरिय आमा समूहमार्फत टोल स्तरमा रहेका आमा समूहहरूलाई वितरण गरिएको हो ।
वडा नं. ३ का अध्यक्ष तम बहादुर पुर्जाले कार्यक्रममा वोल्दै सशक्त आमा समूह भनेको सशक्त परिवार, टोल र समाज हो । महिला अगुवाइलाई सक्रिय बनाउँदा वडाको विकास हुने र वडा कार्यालयले वडा भित्र रहेका आमा समुहहरुलाई सधै सहयोग गर्ने र यस्ता कार्यक्रम आगामी दिनमा समेत गर्ने बताउनुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य मिरा क्षेत्रीले सीमित बजेटको प्रभावकारी प्रयोगमार्फत सबै टोलका आमा समूहलाई समेट्न सकिएको उल्लेख गर्दै भन्नुभयो, “वडामा आएको थोरै रकमबाट सबै टोलस्तरीय समूहसम्म पुग्न सकेका छौं । हामिले सिप मुलक देखी महिलाहरुका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको समेत जानकारी गराउनु भयो । मिरा क्षेत्रीले यस अघि वडा स्तरीय आमा समुह र प्रत्येक टोलका आमा समुहहरुलाई १०/ १० हजारको दरले व्यक्तिगत सहयोग गर्नुधएको थियो भने क्षेत्री जनताको काममा रात दिन नभनी खटिदै आउनु भएको छ ।
यस्तै वडास्तरिय आमा समूहकी अध्यक्ष रिना केसीले यो कार्यक्रमलाई सकारात्मक सुरुवातको रूपमा व्याख्या गर्दै भन्नुभयो “अब हामी टोलका आमा समूहलाई थप सक्रिय, संगठित र सामाजिक जिम्मेवारीमा सक्षम बनाउँदै लैजानेछौं ।
वडा अध्यक्ष तम बहादुर पुर्जाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य जमुना पुन सुनारले राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन वडा सदस्य कर्ण बहादुर कार्कीले गर्नुभएको थियो । कार्यक्रममा वडा सदस्य रोहिणी प्रसाद थारु, वडा सचिव पुण्य प्रसाद आचार्य विभिन्न टोलस्तरीय समूहका प्रतिनिधि, समाजसेवी, स्थानीय महिलाहरूको उल्लेख्य उपस्थिति थियो ।