१२ वर्षदेखिको सफल यात्रामा आकृती ब्युटी एकेडेमी

विमल गैरे, सैनामैना ।
आकृती ब्युटी एकेडेमी तथा मेकअप स्टुडियोले विगत १२ वर्षदेखि सैनामैना १ रानिबगियाबाट सेवा प्रवाह गर्दै आइरहेको छ । स्थानीय स्तरमै सीपमार्फत आत्मनिर्भर बन्न सकिन्छ भन्ने उदाहरण पेश गर्दै सञ्चालिका मिरा शर्माले निरन्तर मेहनत र लगावले आफूलाई सफल बनाएको बताउनुभयो ।

विचमा कोरोना महामारी आए पनि आफ्नो व्यवसायलाई कुनै पनि असर नपारेको शर्माको भनाई छ । शर्मा संगै पार्लर पेशामा लागेका कयौं उहाँका साथीहरूले अहिले पार्लर बन्द गरेर घरमै छन भने कति विदेशीएका छन तर आफु भने निरन्तर लागेर अहिले सवैको रोजाइमा पर्न थालेको जानकारी गाराउनुभयो । समाजले सुरुका दिनमा त नक्कल पार्ने पेशा भनेर हेपिने यो व्यवसाय अहिले त्यहि समाजले सम्मान गर्न थालेको बताउँदै शर्माले खुसी व्यक्त गर्नुभयो ।

सञ्चालिका शर्माका अनुसार, यो पेशा सरसफाइ र आत्मगौरवसँग समेत जोडिएको छ । काठमाडौँका कलेजहरूमा ब्युटी पार्लर विषयमा औपचारिक शिक्षानै सुरु भइसकेको भन्दै अव छिट्टै हाम्रो क्षेत्रमा समेत ब्युटी पार्लर विषयमा औपचारिक शिक्षा सुरु हुने कुरामा आफु ढेक्क रहेको बताउनुभयो ।

सैनामैना नगरपालिकाबाट अव एड्भान्स पार्लर तालिम सुरु हुने :

सैनामैना नगरपालिकाकी उप प्रमुख विना रानाले महिला संग उपप्रमुख कार्यक्रम अन्र्तगत विगतका दिनहरुमा नगरभित्रका दिदीबहिनीहरूलाई लक्षित गर्दै बेसिक व्युटि पार्लर तालिम दिएको कुरा जानकारी गराउनुभयो । उपप्रमुख बिना रानाका अनुसार उक्त तालिममा मिरा शर्माले नै प्रशिक्षण दिनुभएको थियो ।

उपप्रमुख रानाले अव छिट्टैनै फेरी महिला दिदी बहिनीहरुको लागि ब्युटि पार्लर अन्तरगत एड्भान्स तालिम सञ्चालन गर्ने जानकारी दिनुभयो । पछिल्लो समय पार्लरको माग तीव्र रूपमा बढेको र पार्लरमा अब महिला मात्र नभएर पुरुषहरु समेत सौन्दर्यमा रुचि देखाउन थालेका कारण महिला पुरुष दुवैका लागि पार्लर आवश्यक रहेकोर त्यता तर्फ पनि ध्यान दिन पार्लर सञ्चालनहरुलाई आग्रह गर्नुभयो ।

प्रमाणपत्र वितरण समारोह :

आकृती ब्युटी एकेडेमी तथा मेकअप स्टुडियोले मंगलवार सैनामैना २ वामरी पार्टि प्यालेसमा नव प्रशिक्षित विद्यार्थीहरूलाई प्रमाणपत्र वितरण गरेको छ । आफ्नो एकेडेमिमा विगत १ वर्ष, ६ महिना देखी र सेल्फमेकअप तालिम लिएका विद्यार्थीहरुलाई औपचारीक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरेको हो । त्यसै अवसरमा आकृती ब्युटी एकेडेमी तथा मेकअप स्टुडियोले आफ्ना तीन उत्कृष्ट कर्मचारीलाई नगद सहित सम्मान गरेको छ ।

कार्यक्रममा सैनामैना नगरपालिकाकी उपप्रमुख विना रानाको प्रमुख आतिथ्यता रहेको थियो यस्तै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, न्यु एकेडेमी स्कुलका सञ्चालक समिति अध्यक्ष मीन प्रसाद पौडेल, सैनामैना पर्रोहा परमेश्वर नमुना माविका अध्यक्ष शिबलाल बस्याल, सामाजिक व्यक्तित्व राज वहादुर क्षेत्री, एक बहादुर क्षेत्री लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा वोल्ने वक्ताहरूले स्वरोजगारमार्फत आत्मनिर्भर बन्न तालिमको महत्वपूर्ण भूमिका रहने धारणा राखेका थिए ।

आकृती ब्युटी एकेडेमी तथा मेकअप स्टुडियोकी सञ्चालक मिरा शर्माको अध्यक्षता तथा सन्चारकर्मी कृष्ण भण्डारीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।

ब्युटि पार्लर तालिमका सहभागीहरूले तालिम पछि आत्मविश्वास बढेको, नयाँ सीप सिक्न पाएको, तथा आफ्नो भविष्यप्रति आशावादी भएको प्रतिक्रिया दिएका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation