सैनामैनामा जनै पूर्णिमाको रौनकः दुर्गा मन्दिरमा पौराणिक महत्वसँगै पूजा

सैनामैना । रूपन्देहीको सैनामैना-३ मा रहेको दुर्गा भवानी मन्दिर र निर्माणाधीन शैलपुत्री धाममा आज जनै पूर्णिमाको अवसरमा विशेष पूजा र जनै पुज्ने कार्यक्रम सम्पन्न भएको छ। यस वर्ष करिब ३०० भन्दा बढी श्रद्धालु भक्तजनहरूले जनै पुज्नका लागि धाममा ल्याएका थिए।

जनै पूर्णिमालाई हिन्दु धर्ममा पवित्र धागो जनै र रक्षा बन्धनको महत्त्वसँग जोडेर हेर्ने गरिन्छ। पौराणिक मान्यताअनुसार, जनैलाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीक मानिन्छ। यसमा हुने तीन वटा धागोले यी तीन देवताको प्रतिनिधित्व गर्छन्, जसले धारण गर्ने व्यक्तिलाई नकारात्मक ऊर्जाबाट बचाउने र शुद्धता प्रदान गर्ने विश्वास गरिन्छ। यस्तै, रक्षा बन्धनको डोरोले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र सुरक्षाको सम्बन्धलाई झल्काउँछ। यस दिन बाँधिने डोरोले वर्षभरि नै सबैलाई रोग, भोक र दुस्खबाट जोगाउने धार्मिक विश्वास रहेको छ।

धामका अध्यक्ष कृष्णप्रसाद कँडेलले यस वर्ष जनै पुज्ने कार्यलाई थप व्यवस्थित बनाइएको बताउनुभयो। धामका सचिव गोकर्ण आचार्यका अनुसार, ूयसपटक जनै बुझ्न आउने व्यक्तिहरूलाई जनैमा टोक्कन राखेर पुज्ने कार्य भएको छ र जसको जनै हो उसैले पाउने व्यवस्था मिलाइएको छ।ू यस प्रणालीले गर्दा पूजा कार्य सहज र सुचारु रूपमा सम्पन्न भएको र कुनै पनि किसिमको अन्योल नभएको उहाँले जानकारी दिनुभयो।

जनै र रक्षा बन्धनको पौराणिक महत्त्वलाई आत्मसात् गर्दै सैनामैनाको यस मन्दिरमा ठूलो संख्यामा भक्तजनहरू भेला भएका थिए। यसले धार्मिक आस्थाका साथै सामाजिक सद्भाव र सांस्कृतिक परम्परालाई पनि बलियो बनाउन मद्दत गरेको छ। निर्माणाधीन शैलपुत्री धामले यस क्षेत्रमा धार्मिक पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation