
सैनामैनना । तिनाउ पश्चिम वितरण संघले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसरमा एक विशेष शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम मङ्गलबार होटल बमारी, मुर्गियामा सम्पन्न भएको हो।
संघका सचिव अविनय घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गोपाल पोखरेल तथा विशिष्ट अतिथि खीमानन्द पौडेल रहनुभएको थियो। कार्यक्रमको स्वागत मन्तव्य संघका उपाध्यक्ष शोभाकर बेलबासेले गर्नुभयो।
“माता दुर्गाले सबैलाई सद्बुद्धि दिई समूहिक एकता र आपसी भाईचारा बढाउँदै लैजाऔँ,” — नरेश न्यौपाने, अध्यक्ष, तिनाउ पश्चिम वितरण संघ
अध्यक्ष न्यौपानेले सम्पूर्ण सदस्य, व्यवसायी तथा स्टाफलाई दशैं, तिहार र छठ पर्वको शुभकामना व्यक्त गर्दै विगतका गतिविधिहरूलाई निरन्तरता दिँदै आगामी दिनमा पनि संघले सामूहिक हित र सहकार्यलाई मजबुत पार्ने प्रतिबद्धता जनाउनुभयो।
कार्यक्रममा सहभागी सदस्य, व्यवसायी तथा अतिथिहरूबीच आपसी संवाद र सद्भावको वातावरण सिर्जना भएको थियो। अन्त्यमा, सहभागी सबैका लागि जलपानको व्यवस्था गरिएको थियो।