सैनामैनामा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न

सैनामैना, रुपन्देही । लायन्स क्लब अफ सैनामैना मलमलाको आयोजना तथा रामापुर माध्यमिक बिधालयको सहकार्यमा “मानसिक स्वास्थ्य सचेतना कार्यक्रम— आत्मसम्मान तथा सामाजिक भावनात्मक सन्तुलन” विषयक विशेष कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन सत्रमा क्लबका पुर्ब अध्यक्ष यबम कार्यक्रम सम्योजक लायन्स सरोज पन्थ ले स्वागत मन्तव्य प्रस्तुत गर्दै विद्यार्थीहरूमा मानसिक स्वास्थ्यप्रतिको चेतना अभिवृद्धि अत्यावश्यक रहेको बताउदै सम्पुर्ण विद्यार्थी यबम अभिभावक लाई स्वागत गर्नुभएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेस्नल ३२५ पि नेपाल का डिस्ट्रीक गभर्नर पि एम जे एफ लायन बालाराम भट्टराई ले विद्यार्थीको आत्मविश्वास र सकारात्मक सोच मानसिक सन्तुलनको मुख्य आधार हुने उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यालयमा सकारात्मक वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि लायन्स ईन्टरनेस्नल डिस्ट्रीक ३२५ पि नेपाल का सेकेन्ड भ्वाइस डिस्ट्रीक गभर्नर पि एम जे एफ लायन मिना पन्थीले समाजमा मानसिक समस्या बढ्दो क्रममा रहेको र यसलाई सामूहिक रूपमा बुझ्न, सम्बोधन गर्न र विद्यार्थीहरूलाई सशक्त बनाउन शिक्षालय नै पहिलो थलो हुनुपर्ने बताए। रामापुर मा बि का प्रधानाध्यापक कृष्ण प्रसाद पौडेल र सहिद नारायण रामापुर क्याम्पस का प्रमुख हेम बहादुर थापा ले बोल्दै कार्यक्रम प्रति आभार प्रकट गर्दै विद्यार्थीहरूको भावनात्मक विकास र आत्मसम्मान वृद्धिका लागि निरन्तर यस्ता सृजनात्मक गतिविधिहरू आवश्यक रहेको उल्लेख गरे।

कार्यक्रम मा मुख्य प्रशिक्षक लुम्बिनी प्रादेशिक अस्पताल का न्युरो साइकाटिस्ट डा। अशिम रेग्मी ले करिब २ घन्टा को प्रशिक्षण गर्नु भयको थियो ।
कार्यक्रममा विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य, आत्मसम्मान, सामाजिक सन्तुलन र तनाव व्यवस्थापनसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए। विद्यार्थीहरूले आफ्नो भावनात्मक अवस्था बुझ्ने र स्वस्थ जीवनशैली अपनाउने सीपसमेत सिकेका थिए। क्लवका अध्यक्ष जिबन घिमिरेले अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन लायन्स ज्ञान प्रसाद पान्डे ले गरेका थिए।

सकारात्मक सोच, आत्मस्वीकार र सहयोगी भावनाको सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले विद्यालय समुदायमा नयाँ ऊर्जा र चेतना जगाएको सहभागीहरूले जनाएका छन्। कार्यक्रम को सहजीकरण क्लब का सल्लाहकार लेखनाथ गैरे, पुर्ब अध्यक्ष बिजय काफ्ले , शिव प्रसाद पोख्रेल , प्रथम उपाध्यक्ष चन्द्र प्रकाश बन सहित सम्पुर्ण पदाधिकारी हरुले गरेका थिए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation