चम्किलो तारा युवा क्लब बिनामारेको आयोजनामा खेलकुद तथा सास्कृतिक कार्यक्रम हुँदै

बागलुङ । जैमिनी नगरपालिका–५, बिनामारेस्थित चम्किलो तारा युवा क्लबले शुभ दीपावली–२०८२ को पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, हाजिरीजवाफ एवंम छेलो प्रतियोगिता आयोजना गर्ने भएको छ।

क्लबका अनुसार कार्यक्रम आगामी मिति २०८२ असोज ३१ गते देखि कार्तिक ४ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा स्थानीय खेलाडी, युवा तथा विद्यालयका विद्यार्थीहरूलाई सहभागिता गराइनेछ।

खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार नगद रु ६१ हजार १ सय ११ द्धितिय पुरस्कार नगद रु ३१ हजार १ सय ११ र सेमिफाइनल उपविजेता दुवै टिमलाई नगद ११ हजार १ सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै, महिला भलिबल प्रतियोगिता तर्फ प्रथम पुरस्कार नगद रु २० हजार, द्वितीय पुरस्कार नगद रु १० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिनेछ। नृत्य प्रतियोगिता तर्फ प्रथम नगद रु १० हजार र द्धितिय पुरस्कार नगद रु ६ हजार सहित प्रमाणपत्र प्रदान गरिने छ भने मावि स्तरीय हाजिर जवाफ प्रतियोगिता तर्फ प्रथम, द्धितिय र तृतिय पुरस्कार क्रमश १० हजार, ६ हजार र ३ हजार सहित प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ । यस्तैछेलो प्रतियोगितामा समेत नगद तथा आकर्षक पुरस्कार प्रदान गरिने क्लबका अध्यक्ष टंक विकले जानकारी गराउनुभयो ।

कार्यक्रम मुख्य समारोह कार्तिक ४ गते हुनेछ, जसमा राष्ट्रिय कलाकार तेजस रेग्मी, सम्झना भण्डारी र विष्णु सापकोटाको विशेष प्रस्तुती रहनेछ भने स्थानिय कलाकारहरुको समेत विशेष प्रस्तुती रहने कार्यक्रम संयोजक आनन्द हमालले जानकारी दिनुभयो

कार्यक्रमको प्रत्यक्ष प्रशारण उपकार अनलाईन डटकम र उपकार अनलाईन टिभि मार्फत गरिने आयोजकले जनाएको छ ।

थप जानकारीका लागि सम्पर्कः
अध्यक्ष टंक विक ९८४७६७८८४९, सचिव आशिष केसी ९७६५००८७९६, कार्यक्रम संयोजक आनन्द हमाल ९८६२५८७०१७, कार्यक्रम सह संयोजक विशाल रोका ९८६७६८८५९०

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation