
जैमिनी बागलुङ । जैमिनी नगरपालिका–५, बिनामारेस्थित चम्किलो तारा युवा क्लबले आयोजना गरेको शुभ दीपावली–२०८२ को पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता अन्तरगत आज भएलो फाइनल खेलमा सान्ति चौर युवा क्लव फलेबासले उपाधी हात पारेको छ ।
इमान्दारी, जिम्मेवारी र विचातवान युवा आजको आवश्यकता भन्ने नारा सहित अगि बढिरहेको क्लबले आयोजना गरेको कार्यक्रम अन्तरगत आज भएको फाइनल खेलमा ३-१ को सेटमा सप्तरङगी बरेङलाई हराउदै फलेबासले उपाधी चुमेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले युवाहरुको सक्रियतालाई धन्यवाद दिनै नगरपालिकाले पनि यस क्षेत्रलाई विशेष प्राथमिकताका साथ अगाडी बढाएको बताउनुभयो ।
यस्तै विशिष्ट अतिथि वडा अध्यक्ष ठगबहादुर क्षेत्री थापाले कार्यक्रममा बोल्दै क्लबका यस्ता कार्यक्रम आउदा दिनमा पनि निरन्तर हुनुपर्ने बताउनुभयो ।
आज नै भएको महिला भलिवल तर्फको उपाधि जैमिनि भलिबल क्लबले हात पारेको छ । आयोजक महिला क्लबलाई २-० को सोझो सेटमा हराउदै उपाधि चुमेको हो ।
यस्तै नृत्य प्रतियोगितामा प्रथम रेनिशा केसि , द्वितीय अञ्जली र मञ्जली र परिना नायक क्षेत्री तृतीय हुन सफल हुनुभएको छ ।
कार्यक्रम क्लबका अध्यक्ष टंक बि क को अध्यक्षता , जैमिनि नगर उप प्रमुख हरिहर शर्माको प्रमुख आतिथ्यता , वडा अध्यक्ष ठगबहादुर क्षेत्रीको विशिष्ट आतिथ्यता, जनप्रतिनिधि , विभिन्न सघ संस्थाका प्रतिनिधि लगायतको आतिथ्यतामा भएको कार्यक्रम वरुण पन्त र माधव पराजुलीको सञ्चालनमा सर्वोदय जनक माध्यमिक विद्यालय प्राङ्गणमा सम्पन्न भएको हो ।












