नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १६औँ वार्षिक साधारण सभा सम्पन्न

विमल गैरे, सैनामैना ।
नमस्ते बचत तथा ऋण सहकारी संस्था लि. कञ्चन गाउपालिकाको १६औँ वार्षिक साधारण सभा सस्थाका अध्यक्ष मनबहादुर पुनको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा सस्थाका पदाधिकारी, सल्लाहकार, विभिन्न उपसमिति सदस्य, कर्मचारी तथा शेयर सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका प्रमुख अतिथि तथा कंचन सञ्जाल सहकारीका अध्यक्ष पुष्पराज शर्माले सहकारीहरूप्रति आम जनमानसको विश्वास क्रमशः घटिरहेको वर्तमान परिवेशमा नमस्ते सहकारीले निरन्तर शेयर सदस्य वृद्धि गर्दै आएको देखिनु सकारात्मक उपलब्धि भएको बताउनुभयो । उहाँले सहकारीलाई पारदर्शिता, सुशासन र सेवामुखी कार्यशैलीका साथ अघि बढाउन सहकारी मर्ज सहितका दिगो योजनाहरू अवलम्बन गर्नुपर्नेमा विशेष जोड दिनुभयो । प्रमुख अतिथि शर्माले सहकारीमा महिला सदस्यहरूको सक्रियता अत्यन्त प्रशंसनीय रहेको उल्लेख गर्दै महिलाको सहभागिताले संस्थाको सुदृढता र विश्वसनीयता अझै बढाउने विश्वास व्यक्त गर्नुभयो । सहकारी आन्दोलनलाई बलियो बनाउन सबै सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।

यस्तै सहकारीका संस्थापक अध्यक्ष तथा सल्लाहकार अर्विन चन्द आचार्य ले उत्पादन शिल कुरामा जोड दिन आग्रह गर्दै रोजगार सिर्जना गर्दै अगाडि बढन सुझाव दिनु भयो। सहकारी आन्दोलनलाई बलियो बनाउन सबै सदस्य एकताबद्ध भएर अघि बढ्नुपर्ने उहाँको भनाइ थियो ।
यस्तै कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष गोबिन्द शर्मा पौडेलले प्रस्तुत गर्नु भएको थियोे भने लेखा समिति संयोजक प्रतिवेदन यम बहादुर भण्डारीले प्रस्तुत गर्नु भएको हो

१६औँ वार्षिक साधारण सभाको अवसरमा सहकारीले कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोरा छोरीलाई नगद पाँच हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरी सम्मान गरेको छ । सम्मान प्राप्त गर्नेमा शेयर सदस्य राधिका पौडेलकी छोरी आयुसा पौडेल र शेयर सदस्य प्रेमकुमारी चौधरीका छोरा प्रदिप चौधरी रहेका छन् । यस्तै सहकारीमा निरन्तर अनुशासित रूपमा बचत गर्दै आएको उत्कृष्ट खुत्रुके बचतकर्ता बिना यादवलाई र उत्कृष्ट बाल बचतकर्ता सुदिक्षा शर्मालाई सम्मान गरेको छ । सहकारीसँग लामो समयदेखि आबद्ध विभिन्न जेष्ठ नागरिक सदस्यहरूलाई पनि सहकारीले सम्मान गरेको थियो । यस्तै सहकारीका सचिव चिन्तामणी उपाध्यायलाई असल ऋणीका रूपमा सस्थाले सम्मान गरेको छ ।

साधारण सभामा गत वर्षको गतिविधिको समीक्षा, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजना प्रस्तुत गरिँदै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । सहकारीकी उपाध्यक्ष अनिसा पुन श्रीसको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सहकारीका सचिव चिन्तामणी उपाध्यायले गर्नुभएको थियो ।May be an image of one or more people and treeMay be an image of one or more people and text

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation