
विमल गैरे , सैनामैना । तिनाउ पश्चिम वितरक संघको दोस्रो वार्षिक साधारण सभामा सहभागी सबै वितरक तथा अतिथिहरूलाई ‘गाय छाप’ डिटर्जेन्ट पाउडर वितरण गरिएको छ। ‘गाय छाप’ डिटर्जेन्ट पाउडर ब्रान्डका सञ्चालक खिमानन्द पौडेल ‘कपिल’ ले ‘गाय छाप’ डिटर्जेन्ट पाउडर वितरण गर्नुभएको हो ।
सञ्चालक पौडेलका अनुसार, वितरकहरूले उत्पादनको गुणस्तर क्वालिटी आफैँ परीक्षण गर्न सकून् र त्यसपछि प्रमाणिक रूपमा उपभोक्तामाझ लैजान सकून् भन्ने उद्देश्यले नमुना वितरण गरिएको हो। “वितरकहरूलाई प्रत्यक्ष अनुभव दिँदै बजारमा अझ विश्वसनीय रूपमा प्रस्तुत गर्न सहयोग होस् भन्ने हाम्रो चाहना हो,” पौडेलले भन्नुभयो ।
उच्च गुणस्तर र उपभोक्ता मैत्री विशेषताका कारण गाय छाप डिटर्जेन्ट स्थानीय बजारमा द्रुत रूपमा लोकप्रिय बन्दै गएको छ। साधारण सभामा संघ पदाधिकारी, व्यवसायी तथा स्थानीय प्रतिनिधिको सक्रिय सहभागिता रहेको थियो।












