कञ्चन ५ मा प्रथम पिपरीचापा महोत्सवः तयारी अन्तीम चरणमा

उपकार अनलाइन, सैनामैना ।
गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५ पिपरीचापाको आयोजनामा हुन लागेको “प्रथम पिपरीचापा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” को तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रवार पत्रकार सम्मेलन मार्फत कार्यक्रमको सम्पूर्ण तयारीबारे संस्थाका अध्यक्ष कमल दर्जीले जानकारी गराउनुभयो ।

अध्यक्ष दर्जीका अनुसार पहिलो पटक आयोजना हुन लागेको यो महोत्सवलाई भव्य र सफल बनाउन सबै पक्ष एकजुट भएर लागेको बताउनुभयो । उहाले “यो क्षेत्रमै पहिलोपटक हुन लागेको महोत्सव हो । यसअघि खेलकुदका धेरै कार्यक्रमहरू गरेका छौं, तर यसपटक कला, संस्कृति र स्थानीय प्रतिभालाई एकै ठाउँमा ल्याउने ठूलो सुरुआत गरेका छौं । ‘कला र संस्कृतिको जागरण, युवामा एकता’ भन्ने नारासहित महोत्सवलाई सफल बनाउने पक्षमा हामी दृढ छौं ।”

स्थानीय कलाकार, समाजसेवी, पत्रकार तथा विभिन्न व्यक्तित्वहरूको सहयोग र सहभागितामा महोत्सव भव्य रूपमा सम्पन्न हुने आयोजकले विश्वास व्यक्त गरेको छ । मेला यहि मंसिर २८ गते देखी पौष १४ गते सम्म कन्चन ५ पिपरीचापामा सञ्चालन हुने छ ।

यसैगरी तयारीमा संलग्न सबै पदाधिकारीले आयोजना गर्न लागिएको महोत्सवले पिपरीचापा क्षेत्रमा सांस्कृतिक पर्यटन, प्रतिभा अभिव्यक्ति र सामुदायिक एकता प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा राखेका छन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation