
उपकार अनलाइन, सैनामैना ।
गौतम बुद्ध सामुदायिक विकास केन्द्र, कञ्चन–५ पिपरीचापाको आयोजनामा आजबाट “प्रथम पिपरीचापा महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम–२०८२” सुरु हुँदैछ । आयोजकका अनुसार महोत्सवको उद्घाटन कञ्चन गाउँपालिकाका अध्यक्ष नबराज ढकालले आज दिउँसो ३ बजे गर्नुहुनेछ ।
आयोजक संस्थाका अनुसार पिपरीचापा क्षेत्रमा पहिलोपटक आयोजना हुन लागेको यो महोत्सवलाई भव्य र सफल बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको छ । “कला र संस्कृतिको जागरण, युवामा एकता” भन्ने नारासहित सञ्चालन हुन लागेको महोत्सवमा स्थानीय कला, संस्कृति, प्रतिभा र पहिचानलाई एकै मञ्चमा प्रस्तुत गरिनेछ ।
स्थानीय कलाकार, समाजसेवी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सक्रिय सहयोग र सहभागितामा महोत्सव आकर्षक बन्ने आयोजकको विश्वास छ । मेला मंसिर २८ गतेदेखि पौष १४ गतेसम्म कञ्चन–५ पिपरीचापामा सञ्चालन हुनेछ ।
आयोजकले महोत्सवले पिपरीचापा क्षेत्रको सांस्कृतिक पर्यटन प्रवर्द्धन, स्थानीय प्रतिभा उजागर र सामुदायिक एकता मजबुत बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा व्यक्त गरेको छ ।
मेला भब्य रुपमा सफलहोस शुभकामना । उपकार अनलाइन डट कम सैनामैना, रुपन्देही ।











