सैनामैना ६ मा टोल विकासस्तरीय भलिबल प्रतियोगिता आजबाट सुरु

सैनामैना । सैनामैना नगरपालिका वडा नं. ६ द्वारा आयोजित ‘टोल विकास संस्थास्तरीय भलिबल प्रतियोगिता’को उद्घाटनसत्रमा ४ खेल सम्पन्न भएका छन ।
वडाको युवालक्षित कार्यक्रम अनुसार खेलकुद विकासतर्फ स्वीकृत वार्षिक बजेट सहयोगमा २ दिने प्रतियोगिताको सनिबार सम्पन्न चार खेलमा भरतपुर टोल बिकास सस्था, क्याम्पस टोल बिकास सस्था, सान्तिपुर टोल बिकास सस्था र बैकुण्ठपुर टोल बिकास सस्थाले आफ्नो पक्षमा पार्न सफल भएका छन । वडाभित्र क्रियासिल विभिन्न ८ वटा टोल विकास संस्थाको सहभागीता रहेको प्रतियोगितामा भोलि आइतबार फाइनल खेल हुने छ ।
उद्घाटन सत्रका प्रमुख अतिथी वडा नम्बर ७ का अध्यक्ष राज कुमार चौधरिले हरेक युवालाई खेलकुदको माध्यामले स्वस्थ्य, अनुशासित र गतिसिल नागरिक बनाउन युवालक्षित कार्यक्रममार्फत खेलकुद गतिविधि आयोजना गर्दै आएकोमा वडा नम्बर ६ लाई धन्यवाद दिदै मुक्तकण्ठले प्रसम्सा गरे ।
कार्यक्रमका अध्यक्ष गोपाल पोख्रेलले गाउँ-गाउँमा लुकेका प्रतिभाहरुलाई यस्ता प्रतियोगिताको माध्यामबाट राष्ट्रियस्तरको खेलाडीमा रुपान्तरण गर्ने आफ्नो लक्ष्य रहेको वडाध्यक्ष पोख्रेलको भनाइ थियो। पोख्रेलले विगत वर्षहरुदेखि नै यस्ता प्रतियोगिताहरु आयोजना गर्दै आएको भन्दै आगामी वर्षहरुमा पनि खेलकुद गतिविधिलाई निरन्तरता दिन बजेट तथा कार्यक्रम थप गर्दै जाने प्रतिबद्धता पनि जनाए।
अन्य खेल भन्दा भलिबल खेलको भविष्य राम्रो रहेकाले यसैमा जोड दिन उनले युवाहरुलाई हौस्याए । कार्यक्रमको स्वागत वडा सदस्य आशिष पोख्रेलले गर्नुभएको थियो भने कार्यक्रम सन्चालन वडा सचिब पुण्य प्रसाद आचार्यले गर्नुभएको थियो ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation