
वुटवल । क्लोथ एण्ड फुड बैंकको सहकार्य र सुनौलो लालीगुराँस आमा समूहको सहकार्यमा सामुदायिक न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ।
आईतबार तिलोत्तमा १४ टीकुलिगढमा १५१ जनालाइ न्यानो कपडा वितरण गरिएको हो। सुनौलो लालीगुराँस आमा समुहकी अध्यक्ष रामशोभा पुनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वोल्दै प्रमुख अतिथी युवा अभियन्ता समाजसेवी , युवा ब्यवसायी जीवन पाण्डेले बिभिन्न विद्यार्थीहरुलाई जाडो मौसममा केही राहत होस् भन्ने हेतुले कपडा बितरण गरिएको जानकारी दिए। उनले समाजमा युवाहरू एकजुट भयर सामाजिक काममा जुट्नु पर्ने बताए ।
पाण्डेले कुनै विशेष अवसर पारेर मात्र नभई अन्य समयमा पनि सहयोगलाई जारी राख्ने बताए । कार्यक्रममा समाजसेबी दीपक श्रीसले समेत आफ्नो धारणा राखेका थिए भने कार्यक्रमको सञ्चालन शान्ति पुनले गरेकी थिइन्।












