भण्डारीको नेतृत्वमा चलचित्र पत्रकार संघ रुपन्देहीको नयाँ कार्यसमिति गठन

रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित भएका छन् । संघको मंगलबार बुटवलमा सम्पन्न सातौं साधारण सभा तथा चौंथो अधिवेशनले भण्डारीको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिचि चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा कल्पना डुम्रे, सचिवमा प्रकाश पाण्डे, सहसचिवमा राजिव भुसाल र कोषाध्यक्ष पदमा मनोज क्षेत्रीलाई चयन गरिएको छ । त्यस्तै कार्यसमिति सदस्यहरुमा हरिलाल बस्याल, रमेश पराजुली, कल्पना घिमिरे, शारदा शाही, यमुना जिसी, सुदिप गौतम, निर्मल थापा र सागर भण्डारी रहेका छन् ।

नवनिर्वाचित कार्यसमितिका पदाधिकारी सदस्यलाई मंगलबार नै प्रमाणपत्र प्रदान गरिनुको साथै सपथ ग्रहण गराईएको छ । साधारण सभामा बोल्दै चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समिर बलामीले यहि चैतको १० गते भित्रै जिल्ला तथा प्रदेशको अधिवेशन सक्नेगरी काम भईरहेको र बैशाख ५ गते केन्द्रीय अधिवेशन तय गरिएको जानकारी गराए ।

उनले चलचित्र पत्रकार संघले चलचित्र पत्रकारहरुको हकहित, पेशागत संरक्षण तथा नेपाली चलचित्रको प्रवद्र्धन र नेपाली चलचित्रलाई उद्योगको रुपमा स्थापित गराउनु पर्छ भन्ने मान्यता अगाडि सारेर सोही अनुसारका गतिविधिहरु सञ्चालन गरिहेको जानकारी गराए । समग्रमा मनोरञ्जन विधामा कलम चलाउने पत्रकारहरुको छाता संस्थाको रुपमा स्थापित चलचित्र पत्रकार संघले यसमा आवद्ध पत्रकारहरुको विधागत क्षमता विकासका लागि तालिम लगायतका कार्यक्रम गर्ने बताउँदै जिल्ला शाखाहरुको आवश्यकताका आधारमा केन्द्रबाट हुनसक्ने सबै प्रकारका सहयोग रहने पनि बताए ।

लुम्बिनीको विजनेश हवको रुपमा विकास भएको बुटवलमा ५ वटा चलचित्र हलमा ९ वटा पर्दा रहेको सन्दर्भमा दर्शकलाई हलसम्म पुर्याउनेगरी कलम चलाउन आग्रह गर्दै त्यसले चलचित्र उद्योग मात्रै नभएर अन्य आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, संघका सल्लाहकारहरु सुमन श्रेष्ठ, मनिश पन्थ, उपाध्यक्ष दिनेश श्रेष्ठ, सहसचिव कल्पना डुम्रे लगायतले शुभकामना व्यक्त गरेका थिए ।
त्यस अवसरमा संघका अध्यक्ष मोहन न्यौपानेले संस्थाको वार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष राजिव भुसालले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation