सैनामैनामा ‘सडक खाना महोत्सव’ को तयारी तीव्र, स्टल बुकिङ खुला

सैनामैना । रूपन्देहीको सैनामैना क्षेत्रमा पहिलोपटक ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२/८३’ आयोजना हुने भएको छ। सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुने उक्त महोत्सवले स्थानीय खानाका परिकारलाई प्रवर्द्धन गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

महोत्सव २०८२ साल चैत २९, ३० र २०८३ बैशाख १ गते ३ दिन सम्म सञ्चालन हुने छ। मेला सैनामैना नगरपालिका–४ अन्तर्गत लुम्बिनी रोड, मुर्गियामा आयोजना गरिने तय गरिएको छ।

महोत्सवमा सहभागी हुन चाहने व्यवसायीहरूका लागि स्टल बुकिङ खुला गरिएको छ। स्टल दर्ता चैत ६ गतेदेखि १५ गतेसम्म हुने आयोजकले जानकारी दिएको छ। स्थानीय होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूलाई प्राथमिकता दिइने जनाइएको छ।

यस महोत्सवले सैनामैनाको मौलिक खाना, संस्कृति र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, स्थानीय उत्पादन र परिकारलाई बजारमा पहिचान दिलाउने, आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने र साना व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघकी अध्यक्ष माया केसीको भनाइ छ।

थप जानकारीका लागि
९८५११२२८१७, ९८६७०७०८१३, ९८४७१४९४२७

 

May be an image of ‎text that says '‎રેનામેના "साभको एक दाक, सैनामैना होटल व्यवसायी माभ" सडक खाना ห้ सैनामैना रैथाने ក្ង្រ 4เส้น 谢四 เสื้มง 季品 ककव ه វទ្លស मडक खाना २०८१/८३ महोत्सव मिति: શ०८ चैत्र શૂ, ३० र स्थान: सैनामैना-8, लुम्बिनी रोड, २०८३ बैशाख 9 गते मुर्गिया, रुपन्देही स्टल बुकिड खवुल्ला दर्ता मिति: શ०८શ चैत्र ६ गते देखि ۹9 गते सम्म थप जानकारीको लागि: ੮८११श८१७. ੯८६७०७०८३, 8 आयोजक: सैनामैना होटल तथा रेष्टुरेण्ट व्यवसारी संघ सैनामैना, रुपन्देही‎'‎

 

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation