
सैनामैना । रूपन्देहीको सैनामैना नगरपालिका–४, मुर्गियामा ‘सैनामैना रैथाने सडक खाना महोत्सव २०८२ ८३’ आयोजना हुदैछ । सैनामैना होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको आयोजनामा हुन लागेको महोत्सव २०८२ चैत्र २९, ३० र २०८३ बैशाख १ गते सञ्चालन हुने जनाइएको छ।
महोत्सवमार्फत स्थानीय परिकारको प्रवर्द्धन गर्दै आन्तरिक पर्यटनलाई टेवा पुर्याउने उद्देश्य रहेको आयोजकले जनाएको छ।
“साँझको एक छाक, सैनामैना होटल व्यवसायी माझ” भन्ने नारासहित आयोजना हुने कार्यक्रममा विभिन्न रैथाने खानाका परिकारहरू प्रदर्शन तथा बिक्री गरिनेछ। त्यसैगरी, महोत्सवमा ‘प्रतिभा सम्मान’ कार्यक्रम पनि समावेश गरिएको छ। स्थानीय स्तरका उदाउँदा प्रतिभाहरूलाई मंच प्रदान गर्न गायन, नृत्य, नाटक तथा कविता वाचन लगायतका प्रस्तुति राखिने आयोजकले जनाएको छ।
सांस्कृतिक कार्यक्रम संयोजक विष्णु सापकोटाले इच्छुक कलाकारहरूलाई कार्यक्रममा सहभागिताका लागि सम्पर्क गर्न आग्रह गरेका छन्।
आयोजकका अनुसार महोत्सवले स्थानीय संस्कृति, कला र खानालाई उजागर गर्दै आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
थप जानकारीका लागि
९८५७०७१८७५, ९८४३४५४५९०, ९८५७०७०८१३













